नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान र संवाद यात्रा स्थगित

काठमाडौं । नेपाली कांग्रेसको ‘समुदायमा कांग्रेस’ अभियान र महामन्त्री गगन कुमार थापाको संवाद यात्रा स्थगित भएको छ ।
केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको निधनको शोकमा ‘समुदायमा कांग्रेस’ अभियान र संवाद यात्रा स्थगित भएको हो ।
समुदायमा कांग्रेस अभियान यही माघ १६ गतेदेखि सुरु भएको उक्त अभियानका लागी माघ १३ गतेदेखि नै सबै जिल्लामा केन्द्रीय प्रतिनिधि र सातै प्रदेशमा शीर्ष नेताहरु खटाइएको थियो ।
तर पूर्वमन्त्री एवम् पार्टी केन्द्रीय सदस्य बुढाथोकीको निधनका कारण अभियान र संवाद यात्रा दुवै स्थगित भएको छ ।
बुढाथोकीको निधन भएपछि कांग्रेसले आज बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । बैठकले बुढाथोकीको निधनमा शोक प्रकट गर्दै एक दिन पार्टीको झण्डा आधा झुकाउने र तीन दिनसम्म कुनै पनि औपचारिक कार्यक्रम नगर्ने परम्पराअनुसार निर्णय गर्ने महामन्त्री गगन थापाले बताएका छन् ।
पूर्वमन्त्री समेत रहेका बुढाथोकीको गएराति विराटनगरमा उपचारको क्रममा निधन भएको थियो ।















कांग्रेस देश बदल्ने अठोटसहित आएको छ : प्रवक्ता चालिसे
संवाद र दबाबको दोधारमा अमेरिका–इरान सम्बन्ध
युवा संघको अध्यक्ष बने महाराज गुरुङ
President Paudel embarking on official visit to Japan on February 1
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
पहाड र सहर बुझेँ, यसपटक मधेस बुझ्न सर्लाही आएँ : गगन थापा
पूर्वमन्त्री यादवसहित ८ नेता जसपा नेपालबाट निष्कासित
प्रतिक्रिया