रेमिट्यान्स २५.३ प्रतिशतले वृद्धि

काठमाडौँ । चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा विप्रेषण आप्रवाह रेमिट्यान्स २५.३ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जसअनुसार सो अवधिमा रेमिट्यान्स रु ७ खर्व , ३३ अर्ब २२ करोड पुगेको बैंकले मंगलबार सार्वजनिक गरेको ६ महिनाको तथ्यांकमा आधारित रिपोर्टमा उल्लेख छ ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २४.३ प्रतिशतले बढेको थियो । यस्तै अमेरिकी डलरमा विप्रेषण आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको पनि बैंकले जनाएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।
आयात संकुचनसँगै ओरालो लागेको व्यापार घाटा र रेमिट्यान्समा भएको उल्लेख्य वृद्धिले चालु खाता र शोधनान्तर बचत आशातित बढेको छ ।
यस्तै चालु आव पुस मसान्तसम्म पूँजीगत ट्रान्सफर ३० प्रतिशतले कमी आई ३ अर्ब ११ करोड कायम भएको छ । खुद प्रत्यक्ष वैदेशिक लगानी ४ अर्ब ५३ करोडले धनात्मक रहेको राष्ट्र बैंकले जनाएको छ ।
गत आव सोही अवधिमा पूँजीगत ट्रान्सफर ४ अर्ब ४३ करोड र खुद प्रत्यक्ष वैदेशिक लगानी ७४ करोड ९४ लाखले धनात्मक थियो

















प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
इरानी महिला फुटबल टोली घर फर्कियो
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
हर्क साम्पाङले फेरि भने: प्रधानमन्त्री रवि लामिछाने बन्दा राम्रो
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
विश्वकपमा इरानको समर्थन गर्दा केइसुके होन्डाले अमेरिकी विज्ञापन सम्झौता गुमाए
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
प्रतिक्रिया