बिहीबार, फागुन २८, २०८२

सहकारी ठग् होस वा सार्वजनिक जग्गा हडप्ने कुनै शक्तिशाली व्यक्तिलाई छोड्न हुन्न : गगन थापा

मेरोन्यूज २०८० माघ २४ गते १३:५२

काठमाडाैँ । नेपाली कांग्रेसका सांसद गगन थापाले जतिसुकै शक्तिशाली भए पनि सरकारी जग्गा हडप्ने र सहकारी ठगीका मतियारलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा पार्टीका तर्फबाट धारणा राख्दै कांग्रेस महामन्त्रीसमेत रहेका थापाले सरकारी जग्गा हडप्ने र सहकारी ठगीका मतियारलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए।

Advertisement
nepal life insurencenepal life insurence

‘जोसुकै होस्, जतिसुकै शक्तिशाली होस्। राजनीतिक शक्ति होस् कि आर्थिक शक्ति होस्। नेपालको सार्वजनिक जग्गा कसैले हडप्छ भने सजाय पाउनु पर्दैनरु दण्ड पाउनु पर्दैनरु जतिसुकै शक्तिशाली होस्, जुनसुकै पदमा बसेको होस्। हातमा तागत, कलम होस्। नागरिकता बनाउन कीर्ते गर्छ भने फलानो दलसँग जोडिएको छ, त्यसकारणले गर्दा कीर्ते गरे पनि माफी हुन्छ, चल्छरु,’ महामन्त्री थापाले प्रश्न गरे। ठगीको धन्दा चलाउनेलाई पनि कारबाही गरिनुपर्ने थापाले बताए।

‘आम नागरिकहरूले निक्षेप संकलन गरेर जम्मा गरेको सहकारीमा ठगीको धन्दा चलाउँछ र ठगीको मतियार हुन्छ भने कानुनी कारबाहीको दायरामा आउनु पर्दैनरु कानुनले कारबाही गर्नु पर्दैनरु,’ थापाले प्रश्न गरे, ‘त्यसैले सुशासनका लागि आजको दिनको मन्त्र भनेको( कानुन र विधिको शासन हो। चाहे जग्गा मिच्ने, हडप्ने होस्, चाहे नागरिकता कीर्ते वा सहकारीमा ठग्ने होस्, यताको होस् उताको होस्। जुनसुकै दलको होस्। दलभन्दा बाहिरको होस्। शक्तिशाली होस् कसैले उन्मुक्ति पाउनु हुन्न।’ आजको दिनमा सुशासनको मन्त्र भनेको कानुन र विधिको शासन हुनुपर्ने महामन्त्री थापाले बताए ।

‘चाहे जग्गा मिच्ने होस्, चाहे नागरिकताको कीर्ते गर्ने होस् । चाहे सहकारीमा ठग्ने होस् । यताको होस् । उताको होस् । जुन सुकै दलको होस् । कसैले पनि उन्मुक्ति पाउनु हुँदैन । एउटा नेपाली नागरिकले जे गर्दा ढण्ड पाउन । शक्तिशालीलाई पनि त्यही कानुन लागु हुन्छ,’ उनी भन्छन् । सरकारले यो बाटो समत्दै गयो भने बल्ल नागरिकमा विश्वासको वातावरण बन्ने थापाले बताए ।

प्रतिक्रिया