मन्त्रीहरु काममा होइन स्टन्टबाजीमा रमाए :एमाले प्रमुख सचेतक गिरी

काठमाडौँ । नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले सरकारका मन्त्रीहरु स्टन्टबाजी गर्न माहिर रहेको आरोप लगाएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले मन्त्रीहरु काम नगर्ने तर प्रधानमन्त्रीलाई कहिले यशु ख्रिष्ट जस्तो भन्ने कहिले सम्राट अशोक भनेर स्टन्टबाजी गरेर बसिरहेको आरोप लगाए ।
उनले भने– ‘देशका आयोजनाहरु असफल छन्, यस्ता कुराहरुमा मन्त्रीहरुलाई चिन्ता छैन । उहाँहरुलाई स्टन्टबाजमा रहमाउनु छ । कहिले हाम्रो प्रधानमन्त्री यशु ख्रिष्ट जस्तो हुनुहुन्छ, उहाँ त महान हुनुहुन्छ । मन्त्रीज्यूहरु महिमागानमा व्यस्थ हुनुहुन्छ । कहिले सम्राट अशोक जस्तो हुनुहुन्छ भनेर बसेका छन् । स्वय प्रधानमन्त्री पनि पपुलिष्ट हुन आन्दोलन गर्नुस म जातीय राज्य दिन्छु भनेर सस्तो स्टन्टबाजमा रमाउने अवस्था छ ।’
दलालहरुले नेपाली युवाहरुलाई रसियामा लगेर भर्ना गरिरहेको र त्यसलाई सरकारलाई रोक्न नसकेको उनले बताए । रुसमा झन्डै ६ हजार यूवा सेनामा भर्ना भएका र उनीहरु युद्धभूिमबाट रोइकराई गर्दा सरकारले यसबारे केही चिन्ता नलिएको उल्लेख गरे ।
गिरीले सरकार संवेदनशील नबने जनताको आक्रोश वायु बनेर आउने चेतावनी दिए ।
‘वर्तामान सरकारकै कारण हाम्रो समाज जातीय, धार्मिक र अनेक हिसाबमा विभाजित बन्ने र देश अर्को द्वन्द्वमा फस्ने स्थिति सिर्जना भइराखेको छ,’ उनले भने।
















प्रधानमन्त्री कार्कीद्वारा सहिदप्रति श्रद्धाञ्जली अर्पण
Decrease in gold, silver prices
Forty injured in bus mishap on Narayangadh-Muglin road section
बालेनको चुनावी प्रचारमा गएका सिटौला बेहोस, हेलिकप्टरबाट ल्याइयाे काठमाडौं
मानवीय सुरक्षा सुनिश्चित गर्ने युक्रेनको नयाँ कदम
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
प्रतिक्रिया