भ्रष्टचारीलाई कारवाही गर्दा राजनीतक रङ नदिऔँ : जनार्दन शर्मा
मेरोन्यूज
२०८० माघ २४ गते १४:२६

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा सांसद जनार्दन शर्माले सुशासन, समृद्धि र सामाजिक न्यायका लागि चालेका कदमहरू स्वागतयोग्य रहेको बताएका छन् ।
बुधवार प्रतिनिधिसभाको बैठक उनले अहिले सरकारले भ्रष्टाचार विरोधी अभियान, सुशासन, समृद्धि र सामाजिक न्यायको पक्षमा पहल अगाडि बढाइरहेको बताए । ‘त्यो पहललाई तीव्र बनाउनका लागि संसद्को तिखो खबरदारी, सहयोग र साथ आवश्यक भएको ठानेको छु’ शर्माले भने ।
भ्रष्टाचार विरोधी अभियान र सुशासनको पक्षको पहलमा राजनीतिक रङ नदिन उनको आग्रह छ । ‘सुशासनको, भ्रष्टाचारको राजनीतिक रङ हुँदैन । यसलाई सुशासन स्थापना गर्न हामी सबैले साथ र सहयोग गर्नुपर्छ,’ उनले भने ।
सहकारीको रकम हिनामिना सुधार र समस्या समाधानका लागि काम गर्न उनले सरकारलाई आग्रह गरे ।
सम्बन्धित
















राजनीतिलाई नयाँ र पुराना दलका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल
हिमपातले अवरुद्ध कागबेनी–मुक्तिनाथ सडक सञ्चालन
क्यानाडालाई विमानमा ५० प्रतिशत कर लगाउने ट्रम्पको चेतावनी
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
यातायात कार्यालय चाबहिलका प्रमुखसहित २७ जनाको मोबाइल अख्तियारको नियन्त्रणमा
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, दर्जनौं अझै बेपत्ता
प्रतिक्रिया