कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुँदै

विराटनगर । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच आज वार्ता हुने भएको छ ।
पहिचान सहितको कोशी प्रदेशको पुनःनामाङकन गरिनुपर्ने लगायत माग गर्दै आन्दोलन गर्दै आएको समितिले आज सरकारसँग वार्ता गर्न लागेको हो ।
पहिचान पक्षधरहरुले सरकासँग वार्ताका लागि ११ सदस्यीय समिति गठन गरेको छ । प्रदेश सरकार र पहिचान पक्षधरबीचको वार्ता दिँउसो ३ बजेपछि विराटनगरमा सुरु हुनेछ । ६ माघमा बसेको मन्त्रिपरिषदको बैठकले पहिचान पक्षधरसँग वार्ता गर्न भौतिक पूर्वाधार विकास मन्त्री कमलप्रसाद जवेगुको संयोजकत्वमा तीन सदस्यीय वार्ता समिति गठन गरेको थियो । वार्ता समितिको सदस्यमा पर्यटन, वन तथा वातावरण मन्त्री गणेश उप्रेती र सदस्य सचिवमा आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव लक्ष्मीप्रसाद पौडेल छन् । वार्ता टोलीले १२ माघमा संयुक्त संघर्ष समितिलाई वार्ताका लागि पत्र पठाएको थियो ।
२४ माघमा बसेको संयुक्त संघर्ष समितिको बैठकले वार्तामा जाने निर्णय गर्दै वार्ता समिति गठन गरेको थियो । समितिले आज सरकारसँग वार्ता गर्ने पहिचान पक्षधर नेता अर्जुन जम्नेली राईले बताए ।
गत फागुन १७ गतेको प्रदेश सभा बैठकले प्रदेशको नाम कोशी पारित गरेपछि पहिचान पक्षले पुनःनामकरणको माग गर्दै विरोध गर्दै आएका छन् ।
सो क्रममा पहिचान पक्षका पदम लिम्बुको मृत्यु भएपछि विरोधको कार्यक्रम थप सशक्त बन्दै आएको छ ।
उनीहरुले संघीय र प्रदेश मन्त्री तथा सांसदलाई आफनो निर्वाचन क्षेत्रमा आउजाउमा समेत अवरोध गर्दै आएका छन् ।
एमालेका हिक्मतकुमार कार्की नेतृत्वको तत्कालीन सरकारले २०७९ फागुन १७ मा प्रदेशको नाम कोशी राखेपछि पहिचानका आधारमा नाम राख्नुपर्ने मागसहित पहिचान पक्षधरहरु आन्दोलनमा उत्रिएका हुन्
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया