ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत

रौतहट । रौतहटको गरुडामा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीलाई १०१ किलोको फूलको माला लगाएर स्वागत गरिएको छ । नेकपा एमालेको रौतहटको १० औ जिल्ला अधिवेशनमा प्रमुख अतिथिको रुपमा अध्यक्ष ओलीले कार्यक्रमको उद्घाटन गरेका छन्।
उनलाई आयोजक एमाले जिल्ला कमिटी रौतहटले १०१ किलोको माला लगाएर स्वागत गरेको हो। गरुडास्थित श्रीराम सुगर मिल्सको प्राङ्गणमा एमालेको १० औ जिल्ला अधिवेशन हुँदै छ । अधिवेसनमा ओली संगै केन्द्रिय सचिव तथा मधेश प्रदेश इन्चार्ज योगेश भट्टराई,अर्का केन्द्रिय सचिब तथा कोशी प्रदेश ईन्चार्ज रघवीर महासेठ लगायतको उपस्थिति थियाे ।
नेकपा एमाले रौतहटको १० औं जिल्ला अधिवेशनमा स्वागत जिल्ला संयोजक सच्चिदानन्द साहले स्वागत मन्तब्य राखेका थिए। हालसम्म केन्द्रिय सदस्य उदव रेग्मी, अजयकुमार गुप्ता, लेखा आयोग सदस्य राजकिशोर यादव, प्रदेश सहसचिव आरती भण्डारी, प्रदेश कमिटी सदस्य रामजी साह,लगायतका वक्ताहरुले समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र आमजनता पार्टीका अध्यक्ष प्रभु साहलाई गद्दारको संज्ञा दिएका छन।
त्यसैगरी श्रीराम सुगर मिल्स सञ्चालनको माग गरेका थिए। वक्ताको रुपमा पार्टी केन्द्रिय सदस्य पुरुषोतम पौडेलले सम्बोधन गर्दै छन्।
भोलिसम्म चल्ने अधिवेशनले रौतहटमा नया जिल्ला कार्य समिति चयन गर्नेछ । एमाले जिल्ला अध्यक्षको लागी चारजनाको नाम चर्चामा रहेको छ। अध्यक्षको लागि अखिलेश्वर चौधरी,सचितानन्द साह,रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको एमालेका स्थानिय नेताहरुले बताएका छन ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया