५ वर्षभित्र सवारी दुर्घटना ५० प्रतिशतले घटाउँछौ : मन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बागमती प्रदेशमा आगामी ५ वर्षभित्र सवारी दुर्घटना ५० प्रतिशतले घटाउने बताएका छन् ।
बिहीबार हेटौंडामा बागमती प्रदेशको १० वटा जिल्लामा एकसाथ सञ्चालन हुने ट्राफिक सप्ताह २०८० को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले बागमती प्रदेशमा आगामी ५ वर्षभित्र सवारी दुर्घटना ५० प्रतिशतले घटाउने प्रतिबद्धता व्यक्त गरेका हुन् ।
उनले ट्राफिक व्यवस्थापनका लागि प्रविधिको अधिकतम् प्रयोग गर्न प्रदेश सरकारले विशेष बजेटको व्यवस्था गर्ने बताए । उनले आ।व। २०८०र०८१ का लागि ट्राफिक प्रहरीलाई आवश्यक पर्ने उपकरणहरू खरिदको प्रक्रिया अघि बढाएको पनि बताए । उनले दुर्घटनाको उच्च जोखिम भएका सडकहरूमा ५ वर्षभित्र सिसिटीभी जडान गरिसक्ने भन्दै त्यसका लागि प्रारम्भिक सर्भे सम्पन्न भई क्यामेरा खरिद प्रक्रिया अघि बढेको जानकारी गराए ।
मन्त्री श्रेष्ठले सडक दुर्घटना न्यूनीकरणका लागि आन्तरिक मामिला मन्त्रालयले समुदाय स्तरमा विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै आएको जानकारी दिए । उनले आगामी वर्षदेखि ट्राफिक व्यवस्थापनलाई सुदृढ एवं सहज बनाउन यातायात व्यवस्था कार्यालय, सडक कार्यालय, स्थानीय तह, विभिन्न संघसंस्था, आम सडक प्रयोगकर्ता, सञ्चार माध्यम र सरोकारवालाहरुलाई समेटेर एकीकृत कार्ययोजना सञ्चालन गरिने बताए ।
उनले सबैभन्दा बढी दुर्घटना मानवीय कारणबाट हुने भन्दै चालकको दक्षता अभिवृद्धि एवं चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने पनि बताए । त्यस्तै, समयानुकुल सवारी तथा यातायात व्यवस्था ऐनमा संशोधन परिमार्जन गर्न आफुले पहल गर्ने मन्त्री श्रेष्ठको भनाई छ ।
मन्त्री श्रेष्ठले माध्यामिक तहको पाठ्यक्रममा ट्राफिक शिक्षा राखेर सवारी दुर्घटना हुनबाट बचाउन जिम्मेवार नागरिक उत्पादन गर्नुपर्नेमा जोड दिए । त्यसका लागि प्रदेश सरकारले स्थानीय तहसँग समन्वय र सहकार्य गर्ने उनले बताए ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया