राप्रपा संसदीय दलको बैठक : हिँउदे अधिवेशन आह्वान गर्न आग्रह

मकवानपुर । बागमती प्रदेशसभा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलको आज काठमाडौँमा बसेको बैठकले प्रदेशका जनताको जनजीविका र राष्ट्रिय गौरवका आयोजनाका विषयमा संसद्मा तत्काल छलफल गर्न सरकारलाई हिउँदे अधिवेशन बैठक यथाशीघ्र आह्वान गर्न माग गर्ने निर्णय गरेको छ ।
बैठकले मुलुकको वर्तमान राजनीतिक अवस्थामा बाह्य शक्तिको बढ्दो प्रभावबाट राष्ट्रियतामाथि आँच पुगेको र पार्टीको सङ्गठनात्मक स्वरुप तथा संसद्मा खेल्नुपर्ने भूमिकाको सन्दर्भमा समीक्षा गरिएको राप्रपा संसदीय दलका नेता उद्धव थापाले बताए ।
उहाँले प्रदेश सरकारलाई राष्ट्रिय गौरवका आयोजना बाँडफाँट, संसद्मा रहेका प्रतिपक्ष दलसँग भएको सहमतिलाई कार्यान्वयन गर्न र प्रदेशमा सुशासन तथा भ्रष्टाचारमुक्त तुल्याउन केही दिनभित्रै राप्रपा संसदीय दलका तर्फबाट प्रदेश सरकारलाई ज्ञापनपत्र हस्तान्तरण गर्ने कार्यसूची रहेको जानकारी दिए ।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया