लर्डबुद्ध एजुकेशन फाउण्डेशनले आइटी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौँ । सूचना प्रविधि सम्बन्धी मुलुकको पहिलो कलेज लर्डबुद्ध एजुकेसन फाउण्डेशन एलबीईएफले आइटी पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।
कम्प्युटर एशोसिएसन अफ नेपाल क्यान महासङ्घसँगको सहकार्यमा फाउण्डेशनले मुलुकभरबाट छानिएका ४९ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । छात्रवृत्ति सम्बन्धी सम्झौता पत्रमा एलबीईएफका अध्यक्ष पंकज जालान र क्यान महासङ्घका अध्यक्ष रणजीत पोदारले हस्ताक्षर गरे ।
सातै प्रदेशमा आर्थिक र सामाजिक रूपले पछाडि परेका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति उपलब्ध गराउन लागिएको हो । लर्डबुद्ध एजुकेशन फाउण्डेशनमा सूचना प्रविधि सम्बन्धी विषयमा स्नातक र स्नातकोत्तर तह सम्मको अध्ययनका लागि ४९ जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गर्ने क्यान महासङ्घसँग भएको सहमतिमा उल्लेख छ ।
आर्थिक र सामाजिक दृष्टिकोणले पछाडि परेका विद्यार्थीहरूलाई मेरिटका आधारमा छनोट गर्ने कार्य भने क्यान महासङ्घले गर्नेछ । सातै प्रदेशबाट ७र७ जना विद्यार्थीहरू क्यान महासङ्घको स्वतन्त्र छानबिन समितिले छनोट गर्ने सहमतिमा उल्लेख छ ।
आइटी विद्यार्थी छात्रवृत्ति अन्तर्गत वार्षिक रूपमा खर्च हुने २ करोड ८३ हजार रुपैयाँ बराबरको लागत रकम लर्डबुद्ध एजुकेसन फाउण्डेशनले बेहोर्ने सहमतिमा उल्लेख छ ।
फाउण्डेशनले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउन लागेको हो ।
सूचना प्रविधि सम्बन्धी मुलुकको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेसनले प्रत्येक वर्ष विभिन्न विषयमा विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । सो कलेजले पढ्दै कमाउँदै नीतिलाई समेत अङ्गीकार गर्दै आएको छ ।


















स्वास्थ्यमन्त्री मेहतासँग र एडिबीका देशीय निर्देशकको शिष्टाचार भेट
जापानको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प, ८० सेन्टिमिटरको सुनामीको लहर कुजीमा ठोक्कियो
‘बोरिङ लिफ्ट’ खानेपानी आयोजना निर्माण सुरु
विश्वविद्यालयबाट विद्यार्थी र कर्मचारी संगठन हटाउन प्रधानमन्त्रीको निर्देशन
रास्वपा महामन्त्रीमा भूपदेव शाह
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
चर्कियो तनाव : होर्मुजमा इरानद्वारा तेल ट्यांकरमाथि आक्रमण
आइतबार र शनिबारको सार्वजनिक बिदा अस्पतालमा पनि लागू गर्ने निर्णय
प्रतिक्रिया