लर्डबुद्ध एजुकेशन फाउण्डेशनले आइटी पढ्ने विद्यार्थीलाई छात्रवृत्ति दिने

काठमाडौँ । सूचना प्रविधि सम्बन्धी मुलुकको पहिलो कलेज लर्डबुद्ध एजुकेसन फाउण्डेशन एलबीईएफले आइटी पढ्न चाहने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउने भएको छ ।
कम्प्युटर एशोसिएसन अफ नेपाल क्यान महासङ्घसँगको सहकार्यमा फाउण्डेशनले मुलुकभरबाट छानिएका ४९ जना विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन लागेको हो । छात्रवृत्ति सम्बन्धी सम्झौता पत्रमा एलबीईएफका अध्यक्ष पंकज जालान र क्यान महासङ्घका अध्यक्ष रणजीत पोदारले हस्ताक्षर गरे ।
सातै प्रदेशमा आर्थिक र सामाजिक रूपले पछाडि परेका विद्यार्थीलाई लक्षित गरी छात्रवृत्ति उपलब्ध गराउन लागिएको हो । लर्डबुद्ध एजुकेशन फाउण्डेशनमा सूचना प्रविधि सम्बन्धी विषयमा स्नातक र स्नातकोत्तर तह सम्मको अध्ययनका लागि ४९ जना विद्यार्थीलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गर्ने क्यान महासङ्घसँग भएको सहमतिमा उल्लेख छ ।
आर्थिक र सामाजिक दृष्टिकोणले पछाडि परेका विद्यार्थीहरूलाई मेरिटका आधारमा छनोट गर्ने कार्य भने क्यान महासङ्घले गर्नेछ । सातै प्रदेशबाट ७र७ जना विद्यार्थीहरू क्यान महासङ्घको स्वतन्त्र छानबिन समितिले छनोट गर्ने सहमतिमा उल्लेख छ ।
आइटी विद्यार्थी छात्रवृत्ति अन्तर्गत वार्षिक रूपमा खर्च हुने २ करोड ८३ हजार रुपैयाँ बराबरको लागत रकम लर्डबुद्ध एजुकेसन फाउण्डेशनले बेहोर्ने सहमतिमा उल्लेख छ ।
फाउण्डेशनले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरूलाई निःशुल्क छात्रवृत्ति उपलब्ध गराउन लागेको हो ।
सूचना प्रविधि सम्बन्धी मुलुकको पहिलो कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेसनले प्रत्येक वर्ष विभिन्न विषयमा विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको छ । सो कलेजले पढ्दै कमाउँदै नीतिलाई समेत अङ्गीकार गर्दै आएको छ ।










मुलुक हरेक दृष्टिकोणले सम्पन्न छ : अध्यक्ष लिङ्देन
एमाले महाधिवेशन : अहिलेसम्म कति मत खस्यो ?
५ अंकले बढ्यो नेप्से, काराेबार रकम पनि वृद्धि
प्रोटोन ईमासले काठमाडौँ र चितवनमा विशेष एक्सचेन्ज अफर
बल्खुमा ट्रकको ठक्करबाट घाइते भएकी महिलाको मृत्यु
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
ओली समूहमा पदाधिकारीदेखि केन्द्रीय सदस्यसम्म को-को उम्मेदवार ?
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
प्रतिक्रिया