मंगलबार, वैशाख १५, २०८३

माओवादी विधान अधिवेशनको प्रस्ताव तयार पार्ने जिम्मा पदाधिकारीलाई

मेरोन्यूज २०८० माघ २७ गते १९:०८

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) ले पार्टीको विधान सम्मेलनका लागि प्रस्ताव तयार पार्ने जिम्मेबारी पार्टी पदाधिकारीहरूलाई दिएको छ ।

Advertisement
NiccNicc

शुक्रबार र शनिबार २ दिन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी स्थायी समिति बैठकले आगामी फागुन १, २ र ३ गते बोलाइको सो सम्मेलनमा प्रस्तुत गर्ने प्रस्तावलाई अन्तिम रूप दिने जिम्मेवारी पार्टी पदाधिकारी बैठकलाई दिएको हो ।

बैठकमा नेताहरूबीच पार्टीको केन्द्रिय समिति १५१ सदस्य रहने प्रस्तावमा सहमती समेत भएको पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

प्रवक्ता सापकोटाका अनुसार नेताहरूले पार्टीलाई विधि र विधान अनुसार अघि बढाउन पनि पार्टी नेतृत्वको ध्यानाकर्षण गराएका थिए । साथै पार्टीलाई चुस्तदुरुस्त राख्ने कुरामा पनि जोड दिनुपर्ने आवश्यकता औँल्याएका थिए ।

प्रतिक्रिया