कांग्रेस महासमिति बैठक : आवास समन्वय उपसमितिमा दश सदस्य थप

काठमाडौँ । नेपाली कांग्रेसले महासमिति बैठकको आवास समन्वय उपसमितिमा १० सदस्य थप गरेको छ ।
कांग्रेसले पार्टीको यही फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमिति बैठकलाई व्यवस्थित एवं प्रभावकारी बनाउन पार्टीका केन्द्रीय सदस्य मदनबहादुर अमात्यको संयोजकत्वमा रहेको आवास समन्वय उपसमितिमा सदस्य थप गरेको हो ।
नयाँ थप गरिएका सदस्यमा बागमती प्रदेशका मन्त्री रामकृष्ण चित्रकार, बागमती प्रदेशसभा सदस्य मीनकृष्ण महर्जन, कांग्रेस बागमती प्रदेशका सहमहामन्त्रीद्वय जीवन डङ्गोल र ऋषिराम घिमिरे, ललितपुर महानगरपालिकाका नगर प्रमुख चिरिबाबु महर्जन रहेका छन् ।
यस्तै कांग्रेस ललितपुरका उपसभापति एवं गोदावरी नगरपालिकाका नगर प्रमुख गजेन्द्र महर्जन, कोन्जेसोम गाउँपालिकाका उपाध्यक्ष गणेश केसी, बागमती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चन र गोदावरी नगरपालिकाका उपप्रमुख मुना अधिकारी सदस्य रहेको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
















काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया