विश्व रेडियो दिवस : दुर्गम बस्तीमा रेडियोको लोकप्रियता उस्तै

फुङ्लिङ । सञ्चार क्षेत्रमा ठूलो परिवर्तन आएको छ । बिहान चियाको चुस्कीसँगै पत्रिका पढ्ने पुस्तादेखि अहिले बिहान ओछ्यानबाट आँखा खोल्नासाथ सामाजिक सञ्जालमा रमाइरहेका छन् युवा पुस्ता । हिजो सूचना प्राप्त गर्न पत्रिका, रेडियो र टेलिभिजन भएका घरमा गएर कहाँ के भइरहेको छ समाचारबाट थाहा हुन्थ्यो । सूचनाको स्रोत पनि यी नै हुन्थ्यो । तर अहिले प्रत्येक व्यक्तिसँग सञ्चारको साधन छ ।
प्रायः गाउँगाउँ डिजिटल प्रविधि मैत्री बन्दै जाने क्रम बढ्दो छ । इन्टरनेटको पहुँच गाउँमा विस्तार हुँदै गएको छ । फोरजी सेवासमेत विस्तार हुँदै गएको छ । सहरदेखि गाउँगाउँ डिजिटल बन्दै गएको छ । दुर्गम गाउँका सूचना एक मिनेटमै विश्वभर पुग्न सक्ने भएको छ । तर अहिले पनि जहाँ यस्तो गाउँ पनि छन् कुनै पनि सञ्चार माध्यमको पहुँच बाहिरका बस्ती । जीर्णोद्वार र काठले छाएको घर निकै वर्ष अगाडिको जस्तो देखिन्छ । थोत्रो घरको छानोमा एउटा अग्लो खम्बा गाडिएको छ तर त्यो रेडियोको फ्रिक्वेन्सी टिप्नका लागि एन्टिना राखिएको खम्बा हो । यो दृश्य ताप्लेजुङको जिल्लाकै उच्च हिमाली तथा पूर्वी नेपालको अन्तिम बस्ती फक्ताङलुङ गाउँपालिका–७ को दुर्गमबस्ती याङमाको हो । याङमा समुद्र सतहदेखि चार हजार दुई सय मिटर उचाइमा रहेको छ । यो बस्ती ताप्लेजुङको उच्च स्थानमा रहेका बस्ती हो ।
याङमा गाउँमा ११ घरपरिवार बसोबास गर्दै आएका छन् । यहाँका समुदायको प्रायःगोठमै समय बित्छ । त्यहाँ मोबाइलको टावर नभएकाले कसैसँग न मोबाइल छ न त टेलिभिजन नै । स्थानीयवासी सबैले रेडियो सुन्न सक्दैनन् । घरको छानोमा एन्टिनाको तार राख्न सक्नेले मात्र रेडियो नेपाल र एक दुईटा रेडियोको फ्रिक्वेन्सी भने सुन्न सक्ने दोर्जे शेर्पाले बताए । रेडियोबाटै देश विदेशमा के भइरहेको छ, भन्ने खबर प्राप्त गर्ने गरेको उनले सुनाए । शेर्पाले भने, “अगाडि त कोशी एफएम पनि अलिअलि टिप्थ्यो तर हिजो आज त्यो पनि टिप्न छोड्यो ।”
याङ क्षेत्रमा एक दुईवटा रेडियोका फ्रिक्वेन्सी सुन्ने बाहेक अन्य सञ्चारमाध्यमका पहँुच पुग्न सकेको छैन । रेडियो पनि घरको धुरीमा तार राखेर एरियल जोड्नुपर्ने अर्का स्थानीयवासी सोनाम शेर्पाले बताउनुभयो । सञ्चारको पहुँच नभएकै कारण कुनै विशेष वा संवेदनशील खबर समयमै नपाउँदा समस्यामाथि समस्या हुने गरेको याङ्माका बासिन्दा बताउँछन् । उनीहरुका अनुसार कुनै जरुरी सञ्चार सम्पर्क गर्नुपरेमा एक दिन पैदल हिँडेर ओलाङ्चुङ्गोला पुग्नुपर्दछ । त्यहाँ भने नेपाल टेलिकमले मोबाइलको टावर विस्तार गरेकाले सञ्चार सम्पर्क गर्न सहज भएको हो । मोबाइलको टावर राख्नुअघि ओलाङ्चुङ्गोलामा पनि सञ्चारको समस्या उस्तै थियो ।
वर्षायाममा भने याङ्मा–ओलाङ्चुङ्गोला आवतजावत गर्न सक्ने अवस्था नभएकोे याङ्मावासी बताउँछन् । याङ्माखोलामा हिउँदमा काठेपुल हालेर आवतजावत गरिन्छ भने वर्षामा पुल बगाउने भएकाले ओलाङ्चुङ्गोलासँग सम्पर्क टुट्ने अर्का स्थानीयवासी सोनाम शेर्पाले बताए । उनका अनुसार याङ्मा गाउँदेखि एक÷डेढघण्टा दुरीको डाँडा–डाँडामा नेटवर्क खोज्दै जाँदा कुनैबेला स्काइ मोबाइलमा सम्पर्क भए पनि सहजरुपले कुरा गर्न पाइदैन । मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्र र तोक्पेगाला क्षेत्रका बस्तीसमेत मोबाइलको पहुँच भन्दा बाहिर छन् । यस क्षेत्रका केही ठाउँमा भने रेडियो सुन्न सकिने स्थानीय तेन्जिङनुपू शेर्पाले बताए। यस क्षेत्रमा बसोबास गर्ने समुदायको पुख्र्यौली पेशा पशुपालन हो ।
याक गोठ, बस्ती र गोठालाको साथी नै रेडियो भएको शेर्पाले बताउनुभयो । प्रायः याक गोठमै समय बिताउँछन् । गोठमा रहँदा पनि सूचना आदानप्रदान गर्न डाँडामा निस्केर ठूलो आवाजमा कराउने वा सुसेल्नुपर्ने हुन्छ ठूलो आवाजमा कराएको र सुसेलेको आवाज सुनेपछि एउटा गोठदेखि अर्को गोठसम्म आवश्यक सूचना आदानप्रदान हुने गरेको मिक्वाखोला गाउँपालिका—५ तोक्पेगोलाका याकपालक राजकुमार सावाले बताए ।
तीनै तहका सरकार तथा नेपाल टेलिकमले याङ्माका बासिन्दालाई सञ्चार सुविधा पु¥याउनका लागि आवश्यक पहल गर्नुपर्ने उनीहरुको माग छ । याङवामा मोबाइल टावर राख्नका लागि पहल भइरहेको फक्ताङलुङ गाउँपालिका अध्यक्ष राजन लिम्बूले बताउनुभयो । लिम्बूले “म आफैँ नेपाल टेलिमकको मुख्य कार्यालयमा पुगेर याङ्मा गाउँमा टावर स्थापन गर्न आग्रहसहित पत्र बुझाएको छु । छ महिनामा टावर राख्ने प्रक्रिया सुरु हुने भनेको छ ।”















11 more bodies found after deadly ferry accident in S. Philippines
1,246 polling stations in Madhesh Province categorized as highly sensitive
कागबेनी–मुक्तिनाथ सडकको हिउँ पन्छ्याउन सुरु
कोशी प्रदेशसभाको हिउँदे अधिवेशन आव्हान गर्न सिफारिश
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
४२ अंकले घटेकाे सेयर बजारमा काराेबार कति ?
स्टन्ट गरेर जनताको दिमाग चाट्ने काम भयाे, घण्टी बजाएर केही हुनेवाला छैन : प्रचण्ड
प्रतिक्रिया