लागूऔषधसहित ७ जना पक्राउ

काठमाडाैं। देशकाे विभिन्न स्थानबाट लागूऔषधसहित ७ जना पक्राउ परेका टन् । कैलालीकाे गोदावरी नगरपालिका-१ भरतपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ४ सय १० मिलिग्राम र नगद १९ हजार रूपैयाँसहित सोही ठाउँ बस्ने १९ वर्षीय रमेश बडैलालाई प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय अत्तरियाबाट खटिएको प्रहरीले बडैलाको घरको तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
कैलालीकै धनगढी उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३६ वर्षीय भरत चौधरी र २० वर्षीया सिर्जना चौधरी रहेका छन् । नशालु पदार्थ सेवन गरी एक जना ५५ वर्षीया महिलालाई उनीहरूले कुटपिट गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट शिबपुरीधामबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
मोरङकाे बिराटनगर महानगरपालिका-१६ भट्टी मोड छेउबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ११ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१६ बस्ने ३१ वर्षीया हेमा तामाङ र ४० वर्षीया मुना लामा रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगर र ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बर्दियाकाे बारबर्दिया नगरपालिका-४ बरबट्टा खेलमैदानबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पर्दाथ ७ ग्राम ५ सय मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत बहराईच थरीपुरी गाउँ पञ्चायत बस्ने २३ वर्षीय सुजीत कुमार र बारबर्दिया नगरपालिका-४ बरबट्टा बस्ने १७ वर्षीय किशोर रहेका छन् ।
ईलाका प्रहरी कार्यालय बानियाभार र बीओपी तारातालबाट खटिएको संयुक्त प्रहरीले युपी ४० एके १५५६ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
















कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा किसान सूचीकरण कार्यक्रम सञ्चालन
Free press for good governance, transparency: Minister Dr Timilsina
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुआत
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया