संस्कृत भाषा ज्ञानको भण्डार हो : शिक्षामन्त्री राई

धरान (सुनसरी) । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले संस्कृत भाषा संसारकै सर्वोत्कृष्ट भाषामध्ये एक भएकाले यसको संरक्षण गर्नुपर्ने बताए ।
पण्डित छविलाल पोखरेल बालमाया स्मृति प्रतिष्ठानले आज धरान–१४ स्थित पिण्डेश्वर विद्यापीठमा आयोजना गरेको स्मारक अनावरण तथा प्रतीक्षालय हस्तान्तरण समारोहमा मन्त्री राईले संस्कृत भाषाको संरक्षणसँगै व्यावहारिक रुपमा प्रयोगमा ल्याउन आवश्यक रहेको बताए । उनले अहिले संस्कृत भाषालाई संरक्षण गर्दै यसमा दक्खल राख्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए ।
“संस्कृत भाषाको महत्त्व सधै थियो र रहन्छ । यसमा धेरै ठूलो ज्ञानको भण्डार लुकेको छ”, मन्त्री राईले भने, “संस्कृतका ग्रन्थबाट हामीले ज्ञान, विज्ञान र प्रविधिका धेरै कुरा सिक्न सक्छौँ ।”
उनले संस्कृत भाषा ज्ञानको भण्डार भएकाले यसबाट पूर्वीय दर्शनसँगै विज्ञान र धेरै सिद्धान्तका कुरा बुझ्न सकिने बताए । उनले संस्कृत भाषाको संरक्षण तथा प्रवर्द्धनका लागि सरकार सहयोग गर्न तयार रहेको बताए ।
मन्त्री राईले विद्यापीठको प्राङ्गणमा पूर्वीय विद्धान तथा समाजसुधारक छविलाल पोखरेलको सालिक अनावरण गरेका थिए । उनले पोखरेलले समाजमा पुर्याएको योगदानको चर्चा गरे ।
सो अवसरमा कोशी प्रदेशसभा सदस्य रमेश बस्नेतले प पोखरेल समाज सुधारका लागि महत्वपूर्ण काम गरेको भन्दै उनको व्यक्तित्वको चर्चा गरे । प्रदेशसभा सदस्य विजयकुमार राई र निवर्तमान प्रतिनिधिसभा सदस्य जयकुमार राईले पण्डित पोखरेलले समाजमा पुर्याएको योगदानबारे प्रशंसा गरे । कार्यक्रम भाषाविद् प्रा डा टङ्कप्रसाद न्यौपानेले सञ्चालन गरेका थिए।
















मनोहरा क्षेत्रका सबै ८१० घरटहरा भत्काइयो
कुष्ठरोग लागेका व्यक्तिसँग विवाह बदर हुने कानुनी व्यवस्था खारेज
कमला नदीको अस्थायी बाँध बाढीले बगाउँदा आवतजावतमा समस्या
बङ्गलादेशमा आतङ्ककारी धम्कीपछि विमानस्थल सुरक्षा कडाइ
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
विभिन्न स्थानमा बदली, केही क्षेत्रमा वर्षा तथा चट्याङको सम्भावना
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
प्रतिक्रिया