फोहोर टिप्ने बाहानामा झण्डै १ करोड चोरी, ५ जना भारतीय नागरिक पक्राउ

काठमाडौँ । घरमा कोही नभएको मौका छोपी फोहोर संकलन गर्न भनेर पुगी चोरी गर्ने भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको समस्तीपुर जिल्ला मोहदीनगर घर भई हाल काठमाडौंको तिलगंगा बस्ने २६ वर्षीय लक्का भन्ने विकास पोदार, भारतको वेगुसरा जिल्ला बरौनी बस्ने वर्ष २८ को जितेन्द्र पोदार, भारतकै बैशाली जिल्ला बिहार बुधुपुरका २७ वर्षीय भाईलाल पोदार, भारत समस्तीपुर जिल्ला विध्यापती थानाका ४० वर्षीय संजय पोदार र भारत समस्तीपुरकै ५० वर्षीया मञ्जु देवी पोदार रहेका छन्।
प्रहरीका अनुसार उनीहरुले काठमाडौँ गोकर्णेश्वर नगरपालिका-४ का माकलवारीस्थित दिलकुमारी आले मगरको घरबाट दिउँसो कोही नभएको अवस्थामा नगद ६५ लाख रुपैयाँ र सुनका विभिन्न गहँना चोरी गरेका थिए । यस्तै काठमाडौँ महानगरपालिका-१० को दिनेश घिमिरेको सुनसहित २५ लाख नगदसमेत चोरी गरेका थिए ।
उनीहरुले गोकर्णेश्वर नगरपालिका-३ बाट सुनचाँदीका गहनासहित ४ लाख १० हजार रुपैयाँ समेत चोरी गरेका थिए ।
















बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु
सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ
पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया