३५ किलो चरेस सहित दुई भारतीय नागरिक पक्राउ

बारा। बाराबाट प्रहरीले लागूऔषध चरेससहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। ३५ किलो लागूऔषध चरेससहित दुई जनालाई बाराको अम्लेखगञ्जबाट प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय सिमरा र अम्लेखगञ्जबाट खटिएको टोलीले बुधवार ३२ एनएम ४४७६ नम्बरको भारतीय कारकार चेकजाँच गर्ने क्रममा चरेससहित दुई जनालाई नियन्त्रणमा लिएका हो। पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश जिल्ला बैहराईच, थाना देहात कोतावाली नाजिरपुरा नई बस्ती बस्ने साफिर अलि र कारमा सवार सोही ठेगाना भएका मोहमद अफजाललाई नियन्त्रणमा लिएको बारा प्रहरीले जनाएको छ।
लुकाई छिपाई राखेको अवस्थामा खैरो टेपले प्याकिङ गरी ६७ वटा प्याकेटमा चरेस फेला परेको छ।
३५ किलो लागूऔषध चरेस, सिमसहितको दुई थान मोबाइल, भन्सार सम्बन्धी कागजपत्र र कार समेतलाई लागूऔषध नियन्त्रण ऐन २०३३ अन्तर्गत आज म्याद थप गरेर अनुसन्धान तथा कारबाही अगाडी बढाइने प्रहरीले जनाएको छ।
















Free press for good governance, transparency: Minister Dr Timilsina
नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुआत
कपनका साततले, पाथीभरा, तेन्जिङ चोकका अतिक्रमित संरचना धमाधम हटाइँदै
रसुवागढी हुँदै मानसरोवर यात्रा सुरु
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया