कांग्रेस केन्द्रिय समिति बैठक आज पनि, प्रस्तुत प्रतिवेदनमा छलफल हुने
मेरोन्यूज
२०८० फागुन ४ गते ८:२१

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज पनि बस्ने भएको छ । बैठक बिहान ९ बजे पुनः बस्नेछ ।
बिहीबारबाट सुरु भएको कार्यसमितिको बैठकमा पार्टी महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक विषयको प्रतिवेदन, महमन्त्री गगनकुमार थापाले सांगठनिक प्रतिवेदन र उपसभापति पूर्णबहादुर खड्काले महासमितिको बैठकमा प्रस्तुत हुने नीतिगत प्रस्ताव प्रस्तुत गरेका थिए ।
ती प्रस्तावमा शुक्रबार र शनिबार दुई दिन छलफल हुने छ । केन्द्रीय सदस्यहरुले प्रस्तावहरुमाथि आफ्ना धारणा राख्ने र ती धारणाहरुलाई समेत समेटेर प्रस्तावलाई अन्तिम रुप दिने नेपाली कांग्रेसले जनाएको छ ।
त्यसपछि ती प्रस्तावहरु ७ फागुनदेखि ललितपुरको गोदाबरीमा सुरु हुने महासमिति बैठकमा प्रस्तुत गरिने छ ।
सम्बन्धित
















चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
अब काठमाडौँमा पनि हुलाकमार्फत घरमै राहदानी वितरण हुने
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
पश्चिमी वायुको प्रभाव : आज सातै प्रदेशका विभिन्न स्थानमा चट्याङ्गसहित वर्षाको सम्भावना
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया