लागूऔषधसहित दुईजना पक्राउ
मेरोन्यूज
२०८० फागुन ४ गते १८:०९

काठमाडाैं । धनुषा र मकवानपुरबाट लागूऔषधसहित दुईजना पक्राउ परेका छन् । धनुषाकाे विदेह नगरपालिका-९ तरहीबाट अवैध लागूऔषध गाँजा जस्तो देखिने वस्तु करिब १० किलोसहित महोत्तरी भंगहा नगरपालिका-९ बस्ने २१ वर्षीय अमर कुमार साहलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी ईटहर्वाबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेका उनलाई उक्त परिमाणको वस्तुसहित पक्राउ गरेको हो ।
मकवानपुरकाे भिमफेदी गाउँपालिका-२ भैंसेबाट अवैध लागूऔषध चरेस जस्तो देखिने वस्तु करिब २० किलोसहित थाहा नगरपालिका-८ देवीथान बस्ने १५ वर्षीय किशोरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भैंसेबाट खटिएको प्रहरीले पालुङबाट हेटौंडातर्फ जाँदै गरेको ना.८ ख ३५६१ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार ती किशोरलाई उक्त परिमाणको वस्तुसहित पक्राउ गरेको हो ।
सम्बन्धित
















ट्राफिक कारबाहीबाट २४ घण्टामा ५ लाख ६५ हजार राजस्व सङ्कलन
विश्व प्रेस स्वतन्त्रता दिवस: पत्रकार महासङ्घको ऐक्यबद्धता पदयात्रा
सुनको मूल्य तोलामा एक हजारले घट्यो, चाँदीको बढ्यो
होर्मुज जलडमरूमध्यमा इरानको सुरक्षा निगरानी कडा
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
प्रतिक्रिया