आर्थिक रूपान्तरणका निम्ति काम गर्न नेता झलनाथ खनालकाे सुझाव

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पार्टीको आसन्न महाधिवेशनका लागि लेखिने दस्तावेजमा समाजवादको प्रयोगलाई नेपाली परिवेश सुहाउँदो वैचारिक दृष्टिकोणसहित समावेश गरिने बताए ।
समाजवादी अध्ययन तथा अनुसन्धान केन्द्रद्वारा आज यहाँ आयोजित कार्यक्रममा उनले जनताको बहुदलीय जनवाद, नौलो जनवादलगायत विचार प्रयोग भएको बताउँदै मुलुकको विकास तथा जनताको आर्थिक रुपान्तरणका लागि समाजवादको आदर्शलाई कार्यान्वयन गर्ने गरी दस्तावेजमा उल्लेख गरिने बताए ।
अब वैज्ञानिक समाजवादलाई अवलम्बन गर्नुको विकल्प नरहेको बताउँदै पूर्वप्रधानमन्त्री खनालले पार्टीको अस्तित्व रक्षाका लागि सबै पालिका, वडा र टोलसम्म कमिटी निर्माण गर्न देशभर धेरै सदस्यता विस्तारका साथै जनमुखी कार्यक्रम सञ्चालन गर्नुपर्ने विचार व्यक्त गरे ।
पार्टी उपाध्यक्ष राजेन्द्र पाण्डेले कम्युनिष्ट पार्टीको नेतृत्वमा गठन भएको सरकारले जनताको आर्थिक तथा सामाजिक रुपान्तरण गर्न नसकेकाले जनतामा नैराश्यता छाएकामा चिन्ता व्यक्त गरे।
















निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका तीन उम्मेदवार र तीन सरकारी निकायलाई मागियो स्पष्टीकरण
नेपाल र चीनका गभर्नरबीच भेटवार्ता, सहकार्यका विषयमा छलफल
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव, कस्ताे रहला आज देशभरकाे माैसम ?
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
बालेन शाहविरूद्ध निर्वाचन आयोगमा उजुरी
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
म दुई दिनको चटक देखाउन होइन, मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
प्रतिक्रिया