लागूऔषधसहित ९ जना पक्राउ

काठमाडाैं। देशका विभिन्न स्थानबाट लागूऔषधसहित ९ जना पक्राउ परेका छन् । कास्कीकाे पोखरा महानगरपालिका-१९ भुनपुरेबाट अवैध लागूऔषध गाँजा करिब १ किलो ५ ग्रामसहित स्याङजा पुतलीबजार नगरपालिका-८ घर भई पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने ३१ वर्षीय सुनिल दर्जीलाई प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले ग.२१ प ५४५४ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा चालक दर्जीलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
झापाकाे झापा गाउँपालिका-१ सोह्रखुट्टेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ९ सय १० मिलिग्रामसहित भारत घर भएका २५ वर्षीय मो.ईन्सुलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीकाे धनगढी उपमहामगरपालिका-३ बोराडाडी चोकबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ ३ सय ५० मिलिग्रामसहित गोदावरी नगरपालिका-५ गेटा बस्ने २३ वर्षीय मनोज राना समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट चटकपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
काठमाडौंकाे काठमाडौं महानगरपालिका-२७ जमलबाट अवैध लागूऔषध पोल्यान्ड जस्तो देखिने पदार्थ करिब २० ग्रामसहित सोही महानगरपालिका-१५ स्वयम्भू बस्ने ४२ वर्षीय निराजन शाही खड्कीसमेत ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त दरवारमार्गबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ हो ।
















भन्सार जाँच कडाइले वीरगञ्जमा बढ्यो चहलपहल
रुस र इरानबीच क्षेत्रीय शान्तिबारे उच्चस्तरीय वार्ता
अमेरिकाद्वारा क्युबामाथि थप कडा आर्थिक प्रतिबन्ध लगाउन नयाँ कार्यकारी आदेश जारी
Lebanon says 13 killed in Israeli strikes in south
युरोपमा अमेरिकी प्रभाव घट्ने सङ्केत, जर्मनीबाट अमेरिकी सैनिक फिर्ता गर्ने योजना
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
प्रतिक्रिया