कांग्रेस महासमिति बैठकमा २ हजार १ सय ५ जना सहभागी हुँदै

पाटन । आजदेखि ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सुरु हुने नेपाली कांग्रेस महासमिति बैठकमा दुई हजार एक सय पाँचजना सहभागी हुने भएका छन् ।
आइतबार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बैठकको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए ।
“वर्तमान केन्द्रीय समितिका पदाधिकारी तथा केन्द्रीय सदस्यहरु एक सय ६५, प्रतिनिधिसभा निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व हुने महासमिति सदस्यहरु एक हजार सात सय ८०, नेपाली जनसम्पर्क समितिबाट ८९, भ्रातृ तथा शुभेच्छुक संस्थाहरुबाट ६९ र महासमितिका सदस्य नरहेका प्रदेश कार्यसमितिका सभापति, जिल्ला कार्यसमितिका सभापति र भ्रातृ सङ्घ तथा शुभेच्छुक संस्थाका केन्द्रीय अध्यक्षहरूलाई महासमिति बैठकमा आमन्त्रित सदस्यका रुपमा सहभागी गराइने छ,” विभाग प्रमुख विश्वकर्माले भने् ।
पार्टी सभापति शेरबहादुर देउवाले बैठकको उद्घाटन आज अपराह्न गर्ने कार्यक्रम रहेको उनले जानकारी दिए । बैठकमा यही फागुन ४ गते सम्पन्न केन्द्रीय कार्यसमिति बैठकबाट अनुमोदन भएका प्रतिवेदनमा छलफल हुनेछ ।
















बाबुछोराको झगडा छुट्याउन गएका छिमेकीको मृत्यु
नागार्जुनमा दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा युवकको मृत्यु
भ्रामक समाचार नलेख्न राष्ट्रिय प्रकृति संरक्षण कोषको आग्रह
भारी हिमपातका कारण अलपत्र यात्रुको उद्धार
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
स्कटल्यान्डसँग पराजित भएसँगै समूह चरणबाटै बाहिरियो नेपाल
अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्यष्टि गरेपछि…
प्रतिनिधिसभा निर्वाचन ३८ दिन बाँकीः संयुक्त निर्वाचन सञ्चालन केन्द्रले थाल्यो काम
प्रतिक्रिया