कन्या र कुम्भका रोकिएका काम पुनः सुरु हुने, अन्य राशिकाे कस्ताे छ दिन?

९ फागुन २०८०, बुधवार । माघ शुक्ल द्वादशी ।पञ्चाङ्ग: आयुष्मान बालव पुनर्वसु । फ्रेबुअरी २१ तारिख २०२४
यस्ताे छ तपाईंकाे आज काे राशिफल :-
मेष: लामो समयदेखि रोकिएका अधुरा कार्यले पूर्णता पाउनेछन्। विपरीत वर्गप्रति आकर्षण बढ्ने र दाम्पत्य सुख मिल्नेछ। बोलीको प्रभाव बढ्ने र नयाँ कमको थालनी हुनेछ।
वृष: नयाँ कामका विभिन्न अवसर फेला पर्नेछन्। कहीँकतैबाट कुनै उपहार प्राप्त होला। ढिलै भए पनि अधुरा काम सम्पन्न हुनेछन्।
मिथुन: रमणीय र सुखद यात्राको योग छ। मन मिल्ने साथीको सुझावले करिअरको क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ।
कर्कट: मनमा देखिने अस्थिरता र अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनेछ। विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन। आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ।
सिंह: नयाँ कार्यको योजना बन्नेछ। नयाँ ज्ञान र सीप सिक्ने मौका मिल्नेछ। आफ्नो विचार र योजनालाई अघि बढाउँदा राम्रो हुन्छ।
कन्या: रोकिएका काम सुरु हुन सक्छन्। आँटेको र ताकेको कार्य पूरा होला। विशिष्ट व्यक्तिलाई प्रभावित पारेर काम बनाउन सकिनेछ।
तुला: शुभचिन्तकले पूर्ण समर्थन प्रदान गर्नेछन्। प्रविधिमार्फत टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ। मान्यजनको सहयोग प्राप्त हुनेछ।
वृश्चिक: अधिकार प्राप्तिको लागि संघर्ष गर्नु पर्नेछ। मनमा दुबिधा उत्पन्न हुन सक्छ जसको फाइदा काम बिगार्न चाहनेहरूले लिन सक्छन्।
धनु: राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। सेयर बजारबाट लाभ नै मिल्नेछ। शैक्षिक क्षेत्रबाट पनि सफलता मिल्ला। तर, प्राविधिक र वैदेशिक कामहरू भने रोकिन सक्छन्।
मकर: अध्ययन-अध्यापन सफल नै रहेको छ। ठीक समयमा सही निर्णय लिन सकिनेछ। गोपनीय ढङ्गले गरिएको क्रियाकलापमा सफलता पाउनुहुनेछ।
कुम्भ: रोकिएका काम पुनः सुरु हुन सक्छन्। सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ। जीवनसाथीको सल्लाहमा गरिएको कार्यबाट अधिक सफलता मिल्नेछ।
मीन: बोल्दा वा ठट्टा गर्दा सतर्कता अपनाउनु नै उचित होला। आलस्य तथा थकानको अनुभूति हुनेछ। मनमा अशान्ति र छटपटी व्याप्त हुनेछ।
















हराएका मेक्सिकोका डुङ्गा भेटिए
पहिरोले भोटखोला जाने सडक अवरुद्ध
नागरिकको सुरक्षा हुनेगरी मनसुनको पूर्वतयारी गर्न गृहमन्त्री गुरुङको निर्देशन
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बुधबार
केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु: प्रधानमन्त्री कार्की (पूर्णपाठ)
वादी समुदायबाट पहिलो मन्त्री बनिन् सीता, यस्ताे छ उनकाे संघर्षपूर्ण राजनीतिक यात्रा
को हुन् श्रममन्त्री बनेका दीपककुमार साह ?
राखेपको निलम्बनमा परेपछि एन्फाको निर्वाचन स्थगित
नेपालको विकास यात्रामा नयाँ सरकारसँग सहकार्य गर्न चीन उत्सुक
प्रतिक्रिया