बारामा बाेलेरो र ट्रक ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
मेरोन्यूज
२०८० फागुन ९ गते ८:४६

बारा । बाराको पथलैयामा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
पूर्व–पश्चिम लोकमार्ग अन्र्तगत जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित आदाबारमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो। घाइते तीन जना मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक राम कुमार महतोले हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको बाेलेरो र विपरित दिशाबाट जादै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक ठोक्किएको जानकारी दिए।
घाइतेहरूको पर्वानिपुरस्थित एल एस न्युरो असपतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। हालसम्म मृत्यु भएका र घाइतेको पहिचान खुल्न सकेको छैन।
सम्बन्धित












निर्वाचन रोक्ने बहाना स्वीकार्य छैनः योगेश भट्टराई
गैरकानुनी रूपमा अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न राजवंशी पक्राउ
दक्षिण कोरियाका पूर्वराष्ट्रपति युनविरुद्ध पुनः पक्राउ पुर्जी जारी
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
हामीले आफ्ना कमीकमजोरी पहिचान गरी सुधार्नुपर्छ : प्रचण्ड
पुस १६ गते बुधवारकाे राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया