बारामा बाेलेरो र ट्रक ठोक्किँदा २ जनाको मृत्यु, ३ घाइते
मेरोन्यूज
२०८० फागुन ९ गते ८:४६

बारा । बाराको पथलैयामा बुधबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
पूर्व–पश्चिम लोकमार्ग अन्र्तगत जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित आदाबारमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको हो। घाइते तीन जना मध्ये एक जनाको अवस्था गम्भीर रहेको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रहरी निरीक्षक राम कुमार महतोले हेटौंडाबाट पथलैयातर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको बाेलेरो र विपरित दिशाबाट जादै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक ठोक्किएको जानकारी दिए।
घाइतेहरूको पर्वानिपुरस्थित एल एस न्युरो असपतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। हालसम्म मृत्यु भएका र घाइतेको पहिचान खुल्न सकेको छैन।
सम्बन्धित
















बाढीले फेरि बगायो कमला नदीको ‘डाइभर्सन’, हुलाकी राजमार्ग अवरुद्ध
अमेरिकी विशेष दूत गोर र रास्वपा सभापति लामिछानेबीच भेटवार्ता
हाइस गाडीको ठक्करबाट बर्दियामा एक बालिकाको मृत्यु
दश बुँदे घोषणापत्र जारी गदैर्ए ‘बन्दीपुर गाउँ पर्यटन मार्ट २०८३’ सम्पन्न
भारतबाट सामान ल्याउँदा भन्सार तिर्नुपर्ने निर्णयपछि नेपाली बजार चलायमान बन्दै
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया