शनिबार, वैशाख १९, २०८३

कैलालीको चुरेमा सडक खन्दा विस्फोट, ४ जना घाइते, दुईको अवस्था गम्भीर

मेरोन्यूज २०८० फागुन ९ गते २१:०४

धनगढी । कैलालीको चुरेमा विस्फोट भएको छ। जिल्लाको चुरे गाउँपालिका वडा नम्बर ३ सहजपुर क्षेत्रमा बाटो मर्मत गर्ने क्रममा विस्फोट भएको हो।

Advertisement
NiccNicc

भीमदत्त राजमार्गम मर्मतका लागि डोजरले खन्दा विस्फोट भएको प्रहरीले बताएको छ। विस्फोटका कारण डोजरका चालकसहित तीन जना घाइते भएका छन्।

उनीहरू मध्ये २ जनाकाे अवस्था गम्भीर रहेकाे छ । उनीहरूकाे धनगढीकाे माया मेट्राे अस्पतालमा उपचार भइरहेको छ ।

घाइते हुनेमा कैलालीका ४५ वर्षीय वसन्त खडायत, सुर्खेतका २२ वर्षीय हिरा थापा रकञ्चनपुरका नवीन देव अवस्थी छन् ।

उक्त विस्फोटक पदार्थ सशस्त्र द्वन्दका बेला राखिएको हुनसक्ने प्रहरीले अनुमान गरेकाे छ ।

प्रतिक्रिया