सुर्खेतका ३२ हजार बालबालिकालाई खोप लगाइँदै

कर्णाली । स्वास्थ्य सेवा कार्यालय सुर्खेतले यहाँका ३२ हजार बालबालिकालाई दादुरा रुबेला खोप लगाउने भएको छ ।
कार्यालयले नौ महिनादेखि पाँच वर्ष र ६–१५ वर्ष बालबालिकालाई खोप लगाउने भएको हो । खोप सेवा प्रदान गर्न कार्यालयले दुई सय २२ स्वास्थ्यकर्मीलाई तालिम प्रदान गरेको कार्यालय प्रमुख गणेशभक्त गौतमले राससलाई जानकारी दिए । उनका अनुसार एक सय २५ बालबालिका बराबर एक स्वास्थ्यकर्मी र दुई स्वयंसेवक खटाइने छ ।
पहिलो चरणमा सुर्खेतको गुर्भाकोट, भेरीगङ्गा, लेकबेँसी नगरपालिका र चिङ्गाड तथा बराहताल गाउँपालिकामा यही फागुन १३–१५ र दोस्रो चरणमा वीरेन्द्रनगर, पञ्चपुरी नगरपालिका तथा चौकुने र सिम्ता गाउँपालिकामा खोप लगाइने कार्यालय प्रमुख गौतमले बताए । खोप कार्यक्रम निःशुल्क र जीवन सुरक्षाका लागि भएकाले कसैलाई नछुटाउन उनले आग्रह गरे ।
स्वास्थ्य सेवा कार्यालय सुर्खेतका जनस्वास्थ्य निरीक्षक घनश्याम बुढाले छुट भएका बालबालिका समेटिउन् भनेर पालिकास्तरीय खोप समन्वय समितिलाई पनि अभिमुखीकरण दिइसकिएको बताए । “अभियानका लागि चाहिने सामग्रीको तर्जुमा भइसकेको छ”, उनले भने, “दादुरा रुबेला राष्ट्रिय खोप अभियान भएकाले यसलाई सफल पार्न सबै सरोकारवालामा समन्वय, सहकार्य र सहजीकरण आवश्यक छ ।”














सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार बन्ने
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमयदर
पश्चिमी वायुको आंशिक प्रभाव: कस्तो रहला आजको मौसम ?
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
प्रतिक्रिया