नक्कली नोट दिएर सामान खरिद गर्ने एक जना पक्राउ
मेरोन्यूज
२०८० फागुन १० गते २०:०२

वीरगञ्ज । प्रहरीले बाराबाट नेपाली नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ। नक्कली नोटसहित प्रहरीले बाराको बारागढी गाउँपालिका–२ दौरवा टोल बस्ने ३४ वर्षीय दीपेन्द्र माझीलाई पक्राउ गरेको हो।
प्रहरीले निजगढ नगरपालिका–९ निजगढस्थित हाटबजारमा नेपाली एक हजारको नक्कली नोट दिई सामान खरिद गरिरहेको अवस्थामा माझीलाई पक्राउ गरेको हो।
पक्राउ परेका माझीको साथबाट एक हजार दरको दुई वटा नेपाली नक्कली नोट बरामद गरिएको बाराका प्रहरी प्रवक्ता एवम् डिएसपी दधिराम न्यौपानेले जानकारी दिए।
पक्राउ परेका माझीविरुद्ध मुद्दासम्बन्धी कसुर मुद्दा दर्ता अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
सम्बन्धित
















पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
बनेपामा आजदेखि हजारौँ वर्ष पुरानो ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सुरु
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
लागुऔषधसहित देशका विभिन्न स्थानबाट ३४ जना पक्राउ
आज विदेशी मुद्राको विनिमयदर : डलरको भाउ बढ्यो
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
प्रधानमन्त्री रहमान द्वारा ढाकालाई स्वच्छ सहर बनाउने लक्ष्यसहित १२ बुँदे योजना सार्वजनिक
पठाइएका कर्मचारीलाई हाजिर गराउन र सरुवा भएकालाई रमाना दिन सामान्यको निर्देशन
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
प्रतिक्रिया