शनिबार, वैशाख १२, २०८३

नेकपा माओवादी केन्द्र चितवनले सहिद सप्ताह मनाउदै

मेरोन्यूज २०८० फागुन ११ गते २०:५८

काठमाडौँ । नेकपा माओबादी केन्द्र चितवनले सहिद सप्ताह मनाउने भएको छ । केन्द्रले २०८० फाल्गुन १४ देखि २१ गतेसम्म बिबिध कार्यक्रम गर्दै सहिद सप्ताह मनाउने भएको हो ।

Advertisement
NiccNicc

जिल्ला संयोजक रामचन्द्र अधिकारी आर.सिको अध्यक्षतामा फाल्गुन ११ गते जिल्ला पार्टी कार्यालयमा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

सप्ताहको पहिलो दिन फाल्गुन १४ गते अखिल नेपाल खेलकुद महासंघद्धारा पुरुष तर्फ ५ किलोमिटर एवं महिला तर्फ ३ किलोमिटर दुरिको शहिद स्मृर्ती रोड रेस प्रतियोगिता र शहिद तथा बेपत्ता परिवार सम्मान कार्यक्रम गरिने, फाल्गुन १६ गते जेल-हिरासत बसेका योध्द्धाहरुलाइ सम्मानू कार्यक्रम गरिने, फाल्गुन १७ गते जेष्ठ कम्युनिष्ट सदस्य सम्मान कार्यक्रम गरिने, फाल्गुन १९ गते जनयुद्ध जनआन्दोलनका घाईते योध्द्धा सम्मानू कार्यक्रम गरिने, फाल्गुन २० गते बृहत् खुल्ला रक्तदान कार्यक्रमू कार्यक्रम गरिनेछ भने फाल्गुन २१ गते अन्तिम दिन बलिदान राष्ट्रका लागी अन्र्तक्रिया कार्यक्रम गरिने जिल्ला संयोजक रामचन्द्र अधिकारी आर।सिले जानकारी दिए ।

भरतपुर महानगरको आयोजनामा हुन लागेको भरतपुर भ्रमण बर्ष २०२४ को शुभारम्भ पनि यसै सहिद सप्ताहकै बिच हुनलागेको हुदा फाल्गुन १८ गते हुन गैरहेको भरतपुर भ्रमण बर्ष २०२४ को शुभारम्भ कार्यक्रममा सहभागी हुँदै पाहुनाहरुको स्वागत सम्मानमा सम्पुर्ण पार्टी पंक्ति लाग्ने कार्यक्रमको समेत जिल्ला संयोजक अधिकारीले बताए । सहिद सप्ताहलाई सफल बनाउन सम्मान पत्र लेखनू समिती, मंच ब्याबस्थापन समिती तथा आर्थिक ब्याबस्थापनू समिती गठन गरि काम अगाडि बढाइएको जिल्ला सचिब द्रोणबाबु सिवाकोटीले जानकारी गराए ।

प्रतिक्रिया