काँडाघारीमा भेटियो थापाथलीको प्रसूति अस्पतालबाट चोरी भएको शिशु

काठमाडाैँ । काठमाडाैँ थापाथलीको परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालबाट हराएको शिशु काँडाघारीमा फेला परेको छ ।
शिशुलाई काँडाबारीमा फेला पारिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ। ती शिशुलाई लिएपछि प्रसूतिगृहबाट बेपत्ता भएकी महिलालाई पनि शिशुसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले शिशुलाई लिएर बेपत्ता हुने महिलालाई पक्राउ गरे पनि उनको परिचय भने खुलाएको छैन। ती महिलाले शिशु लैजानुको कारण पनि खुलेको छैन।
शुक्रबार दिउँसो १२ बजे प्रसूतिगृहमा फलोअप उपचारमा ल्याइएकी २६ दिने नाबालिकालाई लाइनमा उभिएकी एकजना महिलाले लिएर गायब भएकी थिइन्।
शिशु चोरी भएको भन्दै काभ्रे घर भएकी एक महिलाले हिजो जिल्ला प्रहरी परिसर काठमाडाैँमा उजुरी दिएकी थिइन् ।
उजुरीकर्ता ओपीडी जाँचका लागि थापाथली अस्पताल पुगेकी थिइन् । त्यसबेला ती महिलाले केहीबेर खेलाउने भनेर बोकेको र लगत्तै शिशुलाई लिएर फरार भएको पीडितको भनाइ छ ।
सीसी टीभी फुटेजका आधारमा खोजी गर्ने क्रममा महिला फेला परेकी हुन्।













मलेसियाले मस्कको ग्रोक एआईको पहुँचलाई रोक्यो
अब एक व्यक्ति २ पटकभन्दा बढी प्रधानमन्त्री हुन नपाइने प्रतिवेदन पेस गर्दै विश्वप्रकाश
भेनेजुएलामाथि अमेरिकी कारबाहीले साना देश चिन्तित
अत्यधिक चिसोका कारण विद्यार्थी बिरामी, ढोरपाटन क्षेत्रको पठनपाठन प्रभावित
भृकुटीमण्डपबाट गगन थापाले भने – कांग्रेस लास र दासहरूको पार्टी होइन
कांग्रेसका संस्थापन पक्षीय केन्द्रीय सदस्यहरूको भेला आज
विशेष महाधिवेशनमा सहभागी नहुन बारा कांग्रेसको अपिल
‘लगातार काम गर्दा सौगात मल्ल नभई पात्रकै जीवनमा हुन्छु’
निर्वाचन ५५ दिन बाँकीः १५ हजार तिरेर राजनीतिक दलले देशभरका मतदाताको विवरण लिन सक्ने
प्रतिक्रिया