बुधबार, माघ १४, २०८२

कैलालीमा ७ वर्षीया बालिकाको शव फेला

मेरोन्यूज २०८० फागुन १२ गते १०:५८

धनगढी । कैलालीमा एक बालिकाको शव फेला  परेको छ।

जिल्लाकाे गौरीगंगा नगरपालिका–४ सिपुरान बस्ने जोगा साउँदकी ७ वर्षीया छोरी सरिता साउँद घरमा कोही नभएको अवस्थामा मृत फेला परेकी हुन्।

उनी आफ्नै घरभित्र कोठामा बच्चा खेलाउन बनाएको साडीको झुलामा खेलिरहेको अवस्थामा झुलामा घाटीमा पर्न गइ लट्पटिएकाे अवस्थामा शुक्रबार बिहान ती बालिका मृत अवस्थामा फेला परेकी हुन्। यस विषयमा इलाका प्रहरी कार्यालय मालाखेतीले अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया