अँगेनोको आगोले घर खरानी
मेरोन्यूज
२०८० फागुन १२ गते १६:१३

मलेखु । पानी परेर चिसो बढेपछि कोठा न्यानो बनाउन अँगेनोमा बालेको आगो सल्किँदा उत्तरी धादिङको गङ्गाजमुना गाउँपालिका–१ रिचेतमा एउटा घर जलेर खरानी भएको छ ।
गएराति अँगेनोको आगो फुसको छानामा फैलिएपछि सिपी तामाङको कच्ची घर जलेको स्थानीय पूर्ण तामाङले जानकारी दिनुभयो । “दिउँसो पानी परेको थियो, साँझ चिसो बढेकाले परिवारका मानिसले अँगेनोमा आगो तापेर त्यसै छाडेका रहेछन्”, तामाङले भने, “अँगेनोमा आगो निभेको ठानेर सुत्न गएका उनीहरु घरमा आगो लागेपछि ब्युँझिएका थिए । आगोले घरमा रहेको सबै अन्नपात नष्ट भएको छ ।”
करिब २० मुरी धान, मकै, कोदोलगायत घरमा भएका सबै अन्नपात र लत्ताकपडा जलेर नष्ट भएको छ । आगलागीबाट करिब रु १३ लाख बराबरको क्षति भएको स्थानीयले बताएका छन् ।
सम्बन्धित
















One dies in motorcycle accident
36 days to go for voting: Officers assigned for monitoring election code of conduct
सुनको मूल्य हालसम्मकै उच्च, ताेलामा कति ?
महाराष्ट्रका उपमुख्यमन्त्री अजित पवार सवार विमान दुर्घटना,अवस्था गम्भीर
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
लामिछानेविरुद्धको मुद्दामा थप प्रमाण झिकाउन आदेश
सुनको मूल्यमा आज पनि रेकर्ड, कतिमा हुँदैछ काराेबार ?
नेकपालाई पहिलो शक्ति बनाउने गरी लाग्न नेता कार्यकर्तालाई प्रचण्डको निर्देशन
प्रधान सेनापति खुल्ला म्याराथन दौड माघ २४ गते हुने
प्रतिक्रिया