मिटरब्याजपीडित भन्छन् : सरकारले न्याय नदिएसम्म घर फर्किँदैनौँ
मेरोन्यूज
२०८० फागुन १२ गते १६:४६

काठमाडौँ । लघुवित्त, मिटरब्याज र सहकारी पीडितहरूले सरकारले न्याय नदिएसम्म घर नफर्कने जनाएका छन् ।
शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा उनीहरूले मिटरब्याज पीडितहरू लाखौँको संख्यामा रहेको र सरकारले न्याय नदिएसम्म घर नफर्कने जनाएका हुन् ।
मिटरब्याज तथा ठगीविरोधी किसान संघर्ष समिति नेपालका अध्यक्ष अवधेश कुशवाहले आफूहरू विगत तीन वर्षदेखि निरन्तर आन्दोलनरत रहेको बताए । मिटरब्याजपीडित लाखौँको संख्यामा रहेका र उनीहरूले आफ्नो उजुरी दर्ता गराउन नपाउँदै उक्त समस्या छानबिनका निम्ति गठित आयोगको म्याद सकिएको उनको भनाइ छ ।
मिटरब्याजपीडित शिलादेवी ठाकुरले आफूले पटक–पटक गरी तीन लाख रुपैयाँ ऋण लिएकामा ३० लाख ब्याज जोडेर साहुकारले दुःख दिएको बताइन् । ऋण लिएको भन्दा साहुकारले चार गुणा बढाएर कागज गराएको र जति तिर्दा पनि नसकिएको उनको भनाइ छ ।
सम्बन्धित













आज सुनकाे भाउ बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
समानुपातिक उम्मेदवारी फिर्ता लिने अरनिको पाँडेको घोषणा
काठमाडौँ -५ बाट ईश्वर पोखरेल एकल सिफारिस
तनहुँमा पुरुषभन्दा महिला मतदाता बढी
जिवनशैलीमा आएको परिवर्तनले पायल्स, फिस्टुला र फिसरका बिरामी बढ्दै
बर्दिया क्षेत्र नं. १ बाट थपलियासहित ५ जनाकाे नाम सिफारिस
कांग्रेस महाधिवेशन आगामी वैशाख २८ मा गर्ने प्रस्ताव पारित, महामन्त्रीलगायतको असहमति
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
प्रतिक्रिया