सवारी ज्यान मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ

काभ्रे। सवारी ज्यान मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचखाल नगरपालिका वडा नम्बर १२ का ४४ वर्षीय मदन बहादुर दनुवार र मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२ का ३४ वर्षीय दुर्गा बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ।
सवारी ज्यान मुद्दाअर्न्तगत मदन बहादुर दनुवारलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७९ कार्त्तिक २० गते २ हजार रुपैंया सजायको फैसला गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। अदालतको फैसालापछि उनी फरार रहेका थिए।
त्यस्तै, सवारी ज्यान मुद्दामा दुर्गा बहादुर तामाङलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७९ भदौ ३१ गते २ हजार रुपैयाँ सजायको फैसला गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। अदालतको फैसालपछि उनी फरार रहेका थिए।
फरार रहेका दुवै प्रतिवादीलाई प्रहरीले फाल्गुण १३ गते पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेश गरिएको छ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
प्रतिक्रिया