सवारी ज्यान मुद्दाका २ जना फरार प्रतिवादी पक्राउ

काभ्रे। सवारी ज्यान मुद्दाका दुई जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा पाँचखाल नगरपालिका वडा नम्बर १२ का ४४ वर्षीय मदन बहादुर दनुवार र मण्डनदेउपुर नगरपालिका वडा नम्बर १२ का ३४ वर्षीय दुर्गा बहादुर तामाङ रहेको प्रहरीले जनाएको छ।
सवारी ज्यान मुद्दाअर्न्तगत मदन बहादुर दनुवारलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७९ कार्त्तिक २० गते २ हजार रुपैंया सजायको फैसला गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए। अदालतको फैसालापछि उनी फरार रहेका थिए।
त्यस्तै, सवारी ज्यान मुद्दामा दुर्गा बहादुर तामाङलाई जिल्ला अदालत काभ्रेपलाञ्चोकले २०७९ भदौ ३१ गते २ हजार रुपैयाँ सजायको फैसला गरेको प्रहरी नायब उपरीक्षक श्रेष्ठले बताए। अदालतको फैसालपछि उनी फरार रहेका थिए।
फरार रहेका दुवै प्रतिवादीलाई प्रहरीले फाल्गुण १३ गते पक्राउ गरेको हो। पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालतमा पेश गरिएको छ।













कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे
विधानअनुसार अघि बढे पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
Around 300,000 foreign tourists visit Annapurna area in 2025
Slight rise in gold and silver price
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
कुखुरा, बाख्रा र स्यालकाे मोर्चाले बाघको सिकार गर्न सक्दैन : ओली
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
प्रतिक्रिया