गाँजाले भरिएका २ एम्बुलेन्स प्रहरीको नियन्त्रणमा

विराटनगर । एम्बुलेन्सबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले गाँजा बरामद गरेको छ ।
सुनसरीको चतरा र धनकुटाको भेडेटारबाट गाँजा लोड गरिएका एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको हाे ।
नेपाल प्रहरीले धनकुटाको भेडेटार र सशस्त्र प्रहरीले सुनसरीको चतराबाट गाँजा लोड गरेको एम्बुलेन्स नियन्त्रणमा लिएको हो। यी दुई जिल्लाबाट ३२५ किलो गाँजा सहित दुई वटा एम्बुलेन्स नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीले आइतबार सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतरा–धरान सडकखण्डमा पर्ने बगुवादेखि सूर्यकुण्ड जाने भित्री सडकबाट २७३ किलो गाँजा बोकेको को१च २९३७ नम्बरको एम्बुलेन्समा एम्बुलेन्स नियन्त्रणमा लिएको थियो।
यस्तै, एम्बुलेन्समै धनकुटाबाट धरानतर्फ ल्याउँदै गरिएको ५२ किलोग्राम गाँजा नेपाल प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट बरामद गरेको हो।
धनकुटाबाट धरानतर्फ आउँदै गरेको मे१च २०३२ नम्बर एम्बुलेन्समा ५२ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।













फागुन २१ मा जसरी पनि निर्वाचन हुन्छः मन्त्री खरेल
पूर्वराष्ट्रपति भण्डारीद्वारा सर्वोच्च अदालतको अवलोकन
कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु
माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे
विधानअनुसार अघि बढे पार्टी फुट्दैन : विश्वप्रकाश शर्मा
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची
राप्रपा र राप्रपा नेपालबीच पार्टी एकता
निर्माता करण श्रेष्ठ समानुपातिक उम्मेदवारको सूचीमा
प्रतिक्रिया