गाँजाले भरिएका २ एम्बुलेन्स प्रहरीको नियन्त्रणमा

विराटनगर । एम्बुलेन्सबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले गाँजा बरामद गरेको छ ।
सुनसरीको चतरा र धनकुटाको भेडेटारबाट गाँजा लोड गरिएका एम्बुलेन्स प्रहरीले नियन्त्रणमा लिएको हाे ।
नेपाल प्रहरीले धनकुटाको भेडेटार र सशस्त्र प्रहरीले सुनसरीको चतराबाट गाँजा लोड गरेको एम्बुलेन्स नियन्त्रणमा लिएको हो। यी दुई जिल्लाबाट ३२५ किलो गाँजा सहित दुई वटा एम्बुलेन्स नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
सशस्त्र प्रहरीले आइतबार सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित चतरा–धरान सडकखण्डमा पर्ने बगुवादेखि सूर्यकुण्ड जाने भित्री सडकबाट २७३ किलो गाँजा बोकेको को१च २९३७ नम्बरको एम्बुलेन्समा एम्बुलेन्स नियन्त्रणमा लिएको थियो।
यस्तै, एम्बुलेन्समै धनकुटाबाट धरानतर्फ ल्याउँदै गरिएको ५२ किलोग्राम गाँजा नेपाल प्रहरीले धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटारबाट बरामद गरेको हो।
धनकुटाबाट धरानतर्फ आउँदै गरेको मे१च २०३२ नम्बर एम्बुलेन्समा ५२ किलो गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
















मौसम पूर्वानुमान : मेघगर्जनसहित भारी वर्षाको सम्भावना
आज वैशाख २१ गते सोमबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
खारेज भयो निजामती कर्मचारीको ट्रेड युनियन
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
देशका अधिकांश भागमा मेघगर्जनसहित वर्षाको सम्भावना
प्रतिक्रिया