बुधबार, माघ १४, २०८२

माओवादी स्थायी समिति बैठक पेरिसडाँडामा जारी

मेरोन्यूज २०८० फागुन १५ गते ९:५५

काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक बिहान ८:३० बजेबाट सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकमा कार्यविभाजन र आगामी जागरण अभियानबारे छलफल प्रारम्भ भएको छ । 

बैठकमा समसामयिक राजनीतिक विषयमा र विधान अधिवेशनले लिएका निर्णयअनुसार वैज्ञानिक, वस्तुवादी र प्रभावकारी ढङ्गले कार्य सम्पादन हुने गरी नेताहरूको कार्य विभाजन गर्ने विषयमा पनि छलफल हुने  बताइएको छ ।

प्रतिक्रिया