थारु ‘होमस्टे’मा परम्परागत बयलगाडा सफारी

उदयपुर (गाईघाट) । उदयपुरको त्रियुगा नगरपालिका–१३ बेहडवाको थारु होमस्टे सञ्चालनसँगै थारु संस्कृतिको जगेर्ना गर्न आगन्तुक पर्यटकलाई सेवा प्रदान गर्न बलयगाडा सफारी सुरु गरेका छन्।
बहेडवा थारु होमस्टेमा आउने आगन्तुकलाई लिन जान र वरपर भ्रमण गराएर थारु संस्कृतिको जगेर्ना गर्नका लागि पहिलो पटक बयलगाडा सफारी सुरु गरिएको थारु घरबास सञ्चालक उतीमलाल चौधरीले बताएका छन्।
होमस्टेदेखि केही परसम्म आगन्तुकलाई लिन जान र होमस्टेमा बास बस्नेलाई बेहडवा क्षेत्रको भ्रमण तथा अवलोकन गराउन पहिलो पटक बयलगाडा सफारी सेवा सञ्चालन गरिएको र यसले पर्यटकलाई पनि मनोरञ्जन दिने र लोप हुँदै गएको बयलगाडा सफारी संस्कृतिको पनि जगेर्ना हुने अर्का घरबास सञ्चालक दीर्घलाल चौधरी बताउँछन्।
उनी भन्छन्, ‘घरबास सञ्चालनमा आन्तरिक पर्यटन प्रवर्द्धनका साथै हामी थारु समुदायको संस्कृति वेषभूषा संरक्षण गर्न हाम्रो परम्परागत बयलगाडा सफारी लोप हुँदै गएकाले यसको संरक्षण र छुट्टै थारु विशेषताअनुसार बयलगाडा सफारी सञ्चालन सुरु गरेका हौँ।’
स्थानीय नन्दलाल चौधरीका अनुसार २० देखि ३० वर्ष अगाडिसम्म मालसमान र खेतबारीबाट अन्नपात ढुवानी गर्न बयलगाडा प्रयोग हुनेगरेको थियो। अहिले यातायातका साधानको विकासले बयलगाडा लोप भएका हुन्।
त्रियुगा नगरपालिकाको बेहडा थारु होमस्टे जिल्लाकै उत्कृष्ट होमस्टे मानिएको छ। यहाँ नेपालको अधिकांश सबै प्रदेशबाट पर्यटक आउने गरेका र भारतको सिक्किम, दार्जिलिङबाटसमेत नेपाली पर्यटक आउने र बास बस्ने गरेको सञ्चालक उतीम लाल चौधरी बताउँछन्।
बयल गाडासफारीका लागि हाल एक दर्जन बयलगाडा प्रयोग सुरु गरिएको होमस्टे सञ्चालकहरु बताउँछन्। उनीहरूका अनुसार पाँच वटा घरबासमा दैनिक ५० देखि सयसम्मको हाराहारीमा पर्यटक बास बस्ने गरेका छन्।
होमस्टे सञ्चालनमा रु चार करोडभन्दा बढी लगानी भएको र हाल दैनिक रु ५० हजारदेखि एक लाखसम्म आम्दानी हुने गरेको छ।
















सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
शेखर गोल्छालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
पोखरामा पाँच लाख पुरस्कार राशिको महिला गोल्डकप सुरु, पुलिस फाइनलमा
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
प्रतिक्रिया