बुधबार यस्ताे छ विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०रूपैयाँ १५ पैसा कायम गरिएको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार बुधबार अमेरिकी डलर एकको खरिददर १३२ रूपैयाँ ३४ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९४ पैसा कायम गरिएको छ। बुधबार युरोपियन युरोको एकको खरिददर १४३ रूपैयाँ ६४ पैसा र बिक्रीदर १४४ रूपैयाँ २२ पैसा तोकिएको छ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङको भाउ १२ पैसाले घटेर एकको खरिददर १६७ रूपैयाँ ८९ पैसा र बिक्रीदर १६८ रूपैयाँ ६५ पैसा कायम गरिएको छ। यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८६ रूपैयाँ ६२ पैसा र बिक्रीदर ८७ रूपैयाँ ०१ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रूपैयाँ ०५ पैसा र बिक्रीमा ९८ रूपैयाँ ५० पैसा कायम गरिएको छ।
यसैगरी, बुधबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ २९ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४५ पैसा कायम गरेको राष्ट्र बैंकले युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०३ पैसा र बिक्रीदर ३६ रूपैयाँ २० पैसा कायम गरेको छ।
साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ १३ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ०८ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ०५ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ६४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।
















सङ्खुवासभामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
अब बिचौलियालाइ यातायात व्यवस्था कार्यालयमा प्रवेश निषेध
आज पनि बढ्यो सुनचाँदीको मूल्य
वैशाख २ गतेदेखि जुम्लामा आर्थिक गणना
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
अमेरिकी युद्धपोत ‘अब्राहम लिंकन’माथि आक्रमण गर्ने इरानको घोषणा
इजरायलमा इरानी आक्रमणपछि खतरनाक रसायन र ग्यास चुहावटको आशंका
अर्थ मन्त्रालयका ३० उपसचिवको सरुवा (सूचीसहित)
ओली र लेखकको म्याद थपबारे बहस सकियो, आदेश आउँदै
प्रतिक्रिया