एनआरएनएको सहयोगमा पुस्तकालय स्थापना

डडेल्धुरा । अजयमेरु गाउँपालिकाका छ सरकारी विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । विद्यालयको शिक्षाको गुणस्तरमा सुधार ल्याउन र विद्यार्थीको पढाइमा पहुँच बढाउनका लागि विद्यालयमा पुस्तकालय स्थापना गरिएको जनाइएको छ ।
पुस्तकालय स्थापनामा भक्त बिबि फर ह्युमानिटीको पहल र सक्रियतामा एनआरएनएका विनोद कुँवर, बिक्कु लामा ९दुर्गम लाइब्रेरी अभियन्ता०, हेल्प नेपाल नेटवर्क र बहादुर खडक स्मृति प्रतिष्ठानकोे सहयोग रहेको जनाइएको छ ।
अजयमेरु–४ को मणिलेक मावि चिपुर, भुपनेश्वरी आबि मड, चिपुर, वडा नं ५ को केदार शिशु सुधार मावि खोली मटेला, गोजलिङ्ग प्रावि तल्पखा, वडा नं ६ को देवल मावि देवल र गङ्गेश्वर आधारभूत विद्यालय भण्डारी गाउँमा पुस्तकालय स्थापना गरी हस्तान्तरण गरिएको छ ।
पुस्तकालयमा विभिन्न कथा, कविता, चित्र, व्यङ्ग्यचित्रलगायतका पाँच हजारभन्दा बढी पुस्तक राखिएको भक्त बिबि फर ह्युमानिटीका संरक्षक भक्तबहादुर भण्डारीले जानकारी दिए । यसअघि कञ्चनपुरको विणा माध्यमिक विद्यालय, डडेल्धुराको बाल कल्याण माध्यमिक विद्यालय र घनघस्या माध्यामिक विद्यालय र कैलालीको शुक्र मावि खानीडाँडामा पनि एनआरएनएले पुस्तकालय स्थापना गरिसकेको छ ।















रुकुम पश्चिमको जलजला दुर्घटनामा ज्यान गुमाएका एकै घरका ६ जनाको सामूहिक दाहसंस्कार
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
होर्मुज जलडमरूमध्यमा अवरोधबीच ‘ओपेक प्लस’ देशहरूले उत्पादन बढाउने निर्णय
‘धुरन्धर २’ ले तोड्यो ‘बाहुबली २’ को रेकर्ड, बन्याे सर्वाधिक कमाउने दोस्रो भारतीय फिल्म
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
फेवातालमा पौडी खेल्ने क्रममा डुबेर १० वर्षीय बालकको मृत्यु
प्रतिक्रिया