एनआरएनएको सहयोगमा पुस्तकालय स्थापना

डडेल्धुरा । अजयमेरु गाउँपालिकाका छ सरकारी विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । विद्यालयको शिक्षाको गुणस्तरमा सुधार ल्याउन र विद्यार्थीको पढाइमा पहुँच बढाउनका लागि विद्यालयमा पुस्तकालय स्थापना गरिएको जनाइएको छ ।
पुस्तकालय स्थापनामा भक्त बिबि फर ह्युमानिटीको पहल र सक्रियतामा एनआरएनएका विनोद कुँवर, बिक्कु लामा ९दुर्गम लाइब्रेरी अभियन्ता०, हेल्प नेपाल नेटवर्क र बहादुर खडक स्मृति प्रतिष्ठानकोे सहयोग रहेको जनाइएको छ ।
अजयमेरु–४ को मणिलेक मावि चिपुर, भुपनेश्वरी आबि मड, चिपुर, वडा नं ५ को केदार शिशु सुधार मावि खोली मटेला, गोजलिङ्ग प्रावि तल्पखा, वडा नं ६ को देवल मावि देवल र गङ्गेश्वर आधारभूत विद्यालय भण्डारी गाउँमा पुस्तकालय स्थापना गरी हस्तान्तरण गरिएको छ ।
पुस्तकालयमा विभिन्न कथा, कविता, चित्र, व्यङ्ग्यचित्रलगायतका पाँच हजारभन्दा बढी पुस्तक राखिएको भक्त बिबि फर ह्युमानिटीका संरक्षक भक्तबहादुर भण्डारीले जानकारी दिए । यसअघि कञ्चनपुरको विणा माध्यमिक विद्यालय, डडेल्धुराको बाल कल्याण माध्यमिक विद्यालय र घनघस्या माध्यामिक विद्यालय र कैलालीको शुक्र मावि खानीडाँडामा पनि एनआरएनएले पुस्तकालय स्थापना गरिसकेको छ ।
















विदेश पठाउने भन्दै २७ लाख ८० हजार ठगी गर्ने तीन जना पक्राउ
प्रतिनिधिसभा सदस्य निर्वाचनः निर्वाचन आचारसंहिता कडाइका साथ पालना गराउन उद्योगीको माग
त्रिशूली किनारमा भेटिएको ‘गणपति डिलक्स’काे उत्खनन स्थगित
ओलीसहितको सार्वजनिक बहसमा सहभागीता हुन बालेनले गरे अस्वीकार
विश्वकप अभ्यास : अन्तिम खेलमा श्रीलंकामाथि नेपालको शानदार जित
देशभर ‘महिन्द्रा केयरफेस्ट २०८२’ सुरु, आकर्षक छुटका साथै बम्पर उपहारमा इलेक्ट्रिक स्कुटर
मौसम पूर्वानुमान: आज यी तीन प्रदेशमा वर्षासहित हिमपातको सम्भावना
निर्वाचन ३९ दिन बाँकीः उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक
प्रतिक्रिया