खप्तड छेडेदहमा मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि पारित

बाजुरा । जिल्लाको खप्तड छेडेदह गाउँपालिकाले ‘मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि, २०८०’ पारित गरेको छ । गाउँपालिकाको १४औँ हिउँदे अधिवेशनमा पेस गरिएको कार्यविधि गाउँसभाको शुक्रबार बसेको बैठकले सर्वसम्मत पारित गरेको गाउँपालिकाकी उपाध्यक्ष बिसुदेवी नाथले जानकारी दिए ।
सामाजिक कुप्रथाका रुपमा रहेको छाउपडी प्रथा निवारण र महिलालाई गरिने विभेद अन्त्य गर्नका लागि उक्त कार्यविधि ल्याइएको उनले बताए । पालिकामा सामाजिक समस्याका रुपमा रहेको छाउ कुप्रथाको उचित निवारणका लागि मर्यादित महिनावारी व्यवस्थापन कार्यविधि पारित गरिएको हो ।
कार्यविधि पारित भएसँगै मर्यादित महिनावारी शब्द सम्बोधन गरिने र निवारणका लागि कार्यविधिबमोजिम काम गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष दीलबहादुर रावतले बताए । समाजमा व्याप्त रहेको छाउपडी प्रथालाई पालिकास्तरबाट नै निवारण गर्ने गरी कार्यविधि अघि सारिएको उनको भनाइ छ । कार्यविधि कार्यान्वयन भएसँगै महिलामाथि हुने विभेद कम हुने अपेक्षा लिइएको उनले बताए ।
गाउँ सभाले उक्त कार्यविधिसँगै अन्य आठवटा कार्यविधि पनि पारित गरेको प्रमुख प्रशासकीय अधिकृत नन्दकृष्ण उपाध्यायले बताए । हिउँदे अधिवेशनमा पेस गरिएका विषयगत समिति कार्य सञ्चालन कार्यविधि, टोलविकास संस्था गठन तथा परिचालन निर्देशिका, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन, गाउँपालिका कार्य सञ्चालन निर्देशिका र कार्यस्थलमा हुने यौनजन्य दुव्र्यवहार आचारसंहिता सभाले पारित गरेको छ ।
खप्तड छेडेदहमा शिक्षा चेतनामा कमी, विकासका पूर्वाधार निर्माणमा सुस्तता र स्रोत साधनको प्रयोगमा पछाडि रहेकाले स्थानीय स्रोत साधनको उच्चतम प्रयोग गर्दै पालिकालाई समृद्ध बनाउन निरन्तर पहल गरिरहेको अध्यक्ष रावतले बताए । उनका अनुसार चालू वर्षको हालसम्म कूल बजेटको २९।४ प्रतिशत खर्च भएको छ ।
गाउँ सभाले नागरिकका जनजीविकाका सवालमा आधारित भई पालिकामा नीति निर्माण गर्दै कार्यान्वयनमा जोड दिइएको उपाध्यक्ष नाथले बताए । पालिकामा थुप्रै नीतिनियम निर्माण गर्न बाँकी रहेका भन्दै आगामी दिनमा स्थानीय तहको अधिकार क्षेत्रभित्र रहेर बनाइएका नीति कार्यान्वयनमा पहल गरिने उनको भनाइ छ ।
















लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
मिठाई बेचेर खुसी कमाएका हरिबहादुर
हलिया मुक्ति घोषणाको १८ वर्षः ‘व्यवस्था फेरियो, अवस्था उस्तै’
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
प्रतिक्रिया