नइका ‘सिक्का र टिकट’ लोकार्पण

काठमाडौं । नइ प्रकाशनले नेपाल राष्ट्र बैंकबाट टकमरी भएको सिक्का र हुलाक टिकटको लोकार्पण गरेको छ ।
नइ प्रकाशनको रजत महोत्सवका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वकुलपति वैरागी काइँला, वरिष्ठ समालोचक प्रा डा वासुदेव त्रिपाठी र नेपाल राष्ट्र बैंकका सञ्चालक तथा पूर्व डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले नेपाल राष्ट्र बैंकबाट टकमरी भएको सिक्का र हुलाक टिकटको सामूहिक लोकार्पण गरे ।
नेपाल राष्ट्र बैंकबाट १०० रुपैयाँ सिक्का र नेपाल सरकार हुलाक सेवा विभागबाट १० रुपैयाँको हुलाक टिकट प्रकाशनमा आएको हो । नेपाल राष्ट्र बैंकबाट नेपाली साहित्यिक संस्थाका नाउँमा सिक्का टकमरी भएको यो पहिलो अवसरका रुपमा रहेको प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईले बताए ।
नेपाली वाङ्मयप्रेमीको विशिष्ट संस्थाको रुपमा रहेको नइ प्रकाशन विसं २०५२ मा स्थापना भएको हो । स्थापनाकालदेखि संस्थाले परम्परागत सांस्कृतिक मूल्य, मान्यता र धारणालाई शिरोपर गर्दै नेपाली भाषासाहित्य, कला, संस्कृति, समाजसेवा, ज्ञानविज्ञान, चिन्तन, खेलकुदलगायतका अन्य विविध क्षेत्रमा प्रकाशन तथा प्रतिभालाई सम्मान गर्दै आएको छ ।
















कर्मचारीले इन्धन दुरुपयोगको गरेको आरोप स्वास्थ्यमन्त्रीले लगाएपछी मन्त्रालयले भन्यो- दुरुपयोग भएको छैन
सुकुम्बासी देखी लिपुलेकसम्म यस्ता छन् कांग्रेस बैठकका ७ निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
विश्वकै व्यस्त मानिने दुबई विमानस्थलमा यात्रुको सङ्ख्यामा ६६ प्रतिशतको गिरावट
नेपाललाई तेक्वान्दोमा चार स्वर्ण पदक
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
वैशाख १९ गते शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलानको काम सकियो
मौसम पूर्वानुमान : केही यी स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना
इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
प्रतिक्रिया