कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं। कर्तव्य ज्यान गरी फरार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। भक्तपुरकाे चाँगुनारायण घर भएका प्रेम बहादुर सुवालको २९ वर्षीय छोरा सन्तोष सुवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
तेह्रथुमकाे छथर गाउँपालिका-२ घर भई भक्तपुर सूर्यविनायक बस्ने ३३ वर्षीय गोपाल ढकालकी श्रीमती रेणु ढकालले आफ्नो श्रीमान् हराएको र श्रीमान् चाहिए सुर्यविनायक जंगलमा २ लाख रुपैयाँ लिई आउनु भनी फोन आएको भनी प्रहरी वृत्त जगातीमा निवेदन दिएकी थिइन्।
त्यसपश्चात् गोपालको खोजतलास गर्दै जाँदा फागुन ११ गते भक्तपुरकाे सूर्यविनायकस्थित रोधन बस्नेतको गोठमा गोपाल मृत अवस्थामा फेला परेका थिए।
यस घटनाको अनुसन्धान गर्दै जाँदा सुवाल उक्त घटनामा संलग्न भइ घटनापश्चात् फरार रहेको खुल्न आएकोले उनको खोजतलास गर्नेक्रममा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका वडा-६ बाट शनिबार मृतकको मोबाइलसहित पक्राउ गरिएको प्रहरीले हो। उनीमाथि थप अनुसन्धानको लागि प्रहरी वृत्त जगाती पठाइएको प्रहरीले जनाएको छ।











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
प्रतिक्रिया