कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौं। कर्तव्य ज्यान गरी फरार मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। भक्तपुरकाे चाँगुनारायण घर भएका प्रेम बहादुर सुवालको २९ वर्षीय छोरा सन्तोष सुवाललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
तेह्रथुमकाे छथर गाउँपालिका-२ घर भई भक्तपुर सूर्यविनायक बस्ने ३३ वर्षीय गोपाल ढकालकी श्रीमती रेणु ढकालले आफ्नो श्रीमान् हराएको र श्रीमान् चाहिए सुर्यविनायक जंगलमा २ लाख रुपैयाँ लिई आउनु भनी फोन आएको भनी प्रहरी वृत्त जगातीमा निवेदन दिएकी थिइन्।
त्यसपश्चात् गोपालको खोजतलास गर्दै जाँदा फागुन ११ गते भक्तपुरकाे सूर्यविनायकस्थित रोधन बस्नेतको गोठमा गोपाल मृत अवस्थामा फेला परेका थिए।
यस घटनाको अनुसन्धान गर्दै जाँदा सुवाल उक्त घटनामा संलग्न भइ घटनापश्चात् फरार रहेको खुल्न आएकोले उनको खोजतलास गर्नेक्रममा काभ्रेपलाञ्चोक मण्डनदेउपुर नगरपालिका वडा-६ बाट शनिबार मृतकको मोबाइलसहित पक्राउ गरिएको प्रहरीले हो। उनीमाथि थप अनुसन्धानको लागि प्रहरी वृत्त जगाती पठाइएको प्रहरीले जनाएको छ।
















फरार प्रतिवादी २६ वर्षपछि पक्राउ
निजामती कर्मचारीको तलब १५ दिनमा भुक्तानी सुरु
अतिक्रमित जग्गामा बनाइएका घरटहरा खाली गर्न आग्रह
जोखिम नक्साङ्कनका लागि तथ्याङ्क अद्यावधिक गरिएको सेनाको स्पष्टोक्ति
संसद् अधिवेशन आह्वान गर्न विपक्षी दलहरुको आग्रह
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
प्रतिक्रिया