रुखमा अड्किएका दुई प्याराग्लाइडरको सशस्त्र प्रहरीद्वारा उद्धार

उदयपुर । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका-११ स्थित रमिते डाँडाबाट प्याराग्लाइडिङ गर्नेक्रममा सालको रुखमा अड्किएका दुई जना प्याराग्लाइडरको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
कास्की जिल्लाको पोखरा महानगरपालिका १८ सारङकोट बस्ने २९ बर्षिय रविन्द्र ढकाल (पाईलट) र उदयपुर जिल्लाको त्रियुगा नगरपालिका ११ विशालनगर बस्ने २६ बर्षिय सिद्धान्त बस्नेत साेमबार मध्यान्ह प्याराग्लाइडिङ गर्नेक्रमा हावाको प्रभावले प्याराग्लाइडर अनियन्त्रित भई सो ठाउँस्थित नवोदय सामुदायिक बन चप्पनको जंगलमा करीब सय फिट अग्लो रुखमा अड्किएका थिए ।
घटनाबारे जानकारी पाएपछि उद्धारको लागि सशस्त्र प्रहरी बल नेपाल नं. ५ त्रियुगा गण उदयपुरबाट सुरक्षा फौज परिचालित भई उनीहरुको सकुशल उद्धार गरेको हो ।
स्थानीय बासिन्दा तथा अन्य सुरक्षा निकायको सहयोगमा सशस्त्र प्रहरीको विपद् व्यवस्थापन तालिम प्राप्त फौजले रोप रेस्क्यु विधि अपनाई उनीहरुको उद्धार गरिएकाे जनाइएकाे छ ।
















अष्ट्रेलियामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु, ११ घाइते
चक्रपथ विस्तार गर्न चीनले ११ अर्ब अनुदान दिने
खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
कमलादेवी पन्त कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत
इरान प्रस्तावमा अमेरिकाकाे आशंका, युद्ध अन्त्य अनिश्चित
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया