ग्लोबल आइएमई बैंकका दुईवटा नयाँ शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा

काठमाडाैँ । ग्लोबल आइएमई बैंक लिमिटेडले थप २ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवाको शुभारम्भ गरेको छ ।
बैंकले गण्डकी प्रदेशअन्तर्गत तनहुँ जिल्लाको बन्दिपुर गाँउपालिका–६, हुस्लाङ र बन्दिपुर गाँउपालिका–६, साराङ्गघाटमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । यी दुई नयाँ शाखा रहित बैंकिङ्ग सेवाको सञ्चालनसगैं बैंकका शाखा रहित बैंकिङ्ग सेवाको संख्या २७७ पुगेको छ ।
ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।
ग्लोबल आइएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधा सहितका योजना मार्फत आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पु¥याउँदै आइरहेको छ ।
















वैदेशिक रोजगारमा जाने कामदारले अब जुनसुकै सरकारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्न पाउने
ग्रासरुटदेखि नै खेलाडी उत्पादनमा जोड दिनुपर्छ : मन्त्री पोखरेल
नयाँ वर्ष २०८३ को अवसरमा सामसङले ल्यायाे २४ महिनासम्मको एक्स्टेन्डेड इएमआइ योजना
होर्मुज खुल्नुअघि नै युद्ध अन्त्यको सङ्केत
शासकीय सुधारका कार्यसूचीः एक महिनाभित्र बन्नेछन् यी समिति, कार्यदल र अध्ययन टोली
एमाले अध्यक्ष ओलीको पित्तथैलीमा पत्थरी, अस्पतालमा नै राखेर उपचार गरिने
विद्यालय र विश्वविद्यालयबाट विद्यार्थी संगठन हटाउने
खड्का-कोइराला समूहले कांग्रेसका सांसदकाे छुट्टै बैठक डाक्याे
एमालेका नेता कर्णबहादुर मल्ल बलात्कारकाे आरोपमा पक्राउ
कांग्रेसकाे देउवा समूहले ओली र लेखक पक्राउको संवैधानिक र राजनीतिक प्रतिवाद गर्ने
प्रतिक्रिया