बिहे गर्न नमान्दा धिरेनले गरेका थिए ज्ञानमतिको हत्या

मोरङ । मोरङको पथरीशनिश्चरे-७ मा सोमबार राति प्रेमीले १५ वर्षीया किरोशीको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
१५ वर्षीया ज्ञानमति थुलुङ राईको हत्या आरोपमा प्रहरीले मोरङ ग्रामथानका ३८ वर्षीय धिरेन खाँ चौधरीलाई पक्राउ गरेकोमा उनले अपराध स्वीकार गरेका छन्।
आरोपी आफूभन्दा दोब्बरभन्दा धेरै उमेरले कान्छी किशोरीसित डेढ वर्षदेखि प्रेम सम्बन्धमा रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ। अहिले मोरङ ग्रामथान गाउँपालिकामा बस्दै आएका आरोपी बाराको जितपुर सिमरा उपमहानगरपालिकाका स्थायी वासिन्दा हुन्।
हत्यापछि फरार रहेका उनलाई बेलबारीस्थित भाउन्नेको जङ्गलबाट सोमबार राति २ बजे पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले बताए। प्रहरीका अनुसार किशोरीको परिवारले चौधरीसँग विवाह नगरिदिने बुझेपछि हत्या गरेको प्रहरीसँग आरोपीले बयान दिएका छन्।
विवाहित चौधरीकी पत्नी चार वर्षदेखि वैदेशिक रोजगारीमा बाहिर रहेकी छन्। सामाजिक सन्जालमार्फत चौधरीको ज्ञानमतिसँग चिनजान भएको प्रहरी अनुसन्धानले देखाएको छ। पक्राउ परेका चौधरीको १४ वर्षका छोरा छन्।
स्थानीय पञ्चायत माध्यमिक विद्यालयको कक्षा ७ मा अध्ययनरत ज्ञानमति मामाका छोरा विनोद राईको घरमा बसेर पढिरहेकी थिइन्। सोमबार राति घरकै शौचालय जाने क्रममा उनीमाथि धारिलो हतियार प्रहार भएको थियो। उनको घटनास्थलमै ज्यान गएको थियो।
















अमेरिकाको ड्यालसमा दूतावास स्थापना भएपछि पहिलोपटक घुम्ती शिविर, २७२ नेपालीले लिए सेवा
जिप सडकबाट खस्दा १२ जना घाइते, चालक भागे
सम्झौता बिपरीतका इँटा प्रयोग गरेपछि प्रशासनिक भवनको पर्खाल भत्काइयो
नारायणगढ–बुटवल सडक विस्तार : सडक सुरक्षाको काम पनि जारी
विश्वकप लिग-२ क्रिकेट: आज नेपाल र ओमान भिड्दै
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया