सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा

खजुरा (बाँके) । नेपालगञ्ज उपमहानगरपालिका–२० मा सामुदायिक बहुउद्देश्यीय भवन सञ्चालनमा आएको छ । नेपालगञ्ज नगरप्रमुख प्रशान्त विष्टले मङ्गलबार नवनिर्मित भवनको शुभारम्भ गरे । महिला–पुरुष अपाङ्गतामैत्री शौचालयसहित १६ शय्या (बेड) क्षमताको दुई ठूला कोठा र प्रशासनिक, नर्सिङ, स्टोर तथा १६ हस्पिटल बेड र १६ अक्सिजन सिलिन्डरसमेतको भवन सञ्चालनमा आएको हो ।
विसं २०७९ जेठ १७ गते निर्माण सुरु भएको भवन गत पुस २८ मा सम्पन्न भएको हो । रु एक करोड ८५ लाख लागतमा बहुउद्देश्यीय भवन बनेको छ । भवन तथा सामग्री लागत भने रु दुई करोड रहेको छ । कुल क्षेत्रफल एक हजार तीन सय २१ वर्गमिटर रहेकामा भवनले ओगटेको क्षेत्रफल भने तीन सय २५ वर्गमिटर छ ।
खानेपानी मन्त्रालयअन्तर्गत खानेपानी तथा ढल व्यवस्थापन विभागको मझौला र साना सहरमा खानेपानी, सरसफाइ, स्वच्छता र स्वास्थ्य पहलमार्फत कोभिड–१९ रोकथाम र नियन्त्रण आयोजनाले निर्माण गरेको सामुदायिक बहुउद्देश्यीय भवन नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
आयोजना व्यवस्थापन कार्यालय प्रमुख रत्नप्रसाद लामिछानेले नगरप्रमुख विष्टलाई भवन सम्भार र सञ्चालन तथा व्यवस्थापनका लागि स्वामित्वपत्र हस्तान्तरण गरेका छन् । सो अवसरमा नगरप्रमुख विष्टले नेपालगञ्ज उपमहानगरपालिकाले आफ्नो स्वामित्वमा रहेको भवन सञ्चालन र व्यवस्थापनका लागि प्रतिबद्ध भएर काम गर्ने जनाउँदै स्थानीयको स्वास्थ्य सेवामा थप सहज पहुँच पुग्ने अवस्था बनेको बताए ।
















बालेन, महेश, हर्क र निकोलसलाई निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण
यातायात कार्यालय सुधारका लागि संसदीय समितिको १० बुँदे निर्देशन
हिमपातले अवरुद्ध नाग्म–गमगडी सडक सञ्चालन
PM Karki insists development works should not affect religious belief, cultural heritages
ओखलढुङ्गामा राई दम्पतीको हत्या
दुई हजार एक सय जना एमालेमा प्रवेश
आयोगमा ३ जना समानुपातिक उम्मेदवारविरुद्ध उजुरी
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
महिला टी-२० विश्वकप ग्लोबल छनोट : नेपाललाई जिम्बाबेले दियो १ सय ३० रनको लक्ष्य
निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
प्रतिक्रिया