मंगलबार, माघ १३, २०८२

टुँडिखेलमा सेना दिवसको रौनक (तस्बिरहरु)

मेरोन्यूज २०८० फागुन २५ गते १३:३१

काठमाडौं । काठमाडौंको टुँडिखेलमा २६१ औं सेना दिवस मनाइएको छ। शिवरात्रिको दिनमा पर्ने सेना दिवस शुक्रबार टुँडिखेलमा मनाइएको हो।

आज विशेष समारोहका बीच युद्धकला, शिवरात्री परेड, तोप बढाइँ, कवाज र आतसबाजी प्रदर्शन गरिएको छ। मौलिक नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यका साथ तीन सय महिला र तीन सय पुरूष सैनिकले एकसाथ लोपोन्मुख थाली नृत्य प्रस्तुत गरेका छन्।

समारोहमा राष्ट्रपति रामचन्द पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत सरकारका मन्त्री र सरकारका उच्च पदस्थ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

तस्बीर :

प्रतिक्रिया