बुधबार, वैशाख १६, २०८३

मार्माका प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा ढुंगामुढा र आगजनी

मेरोन्यूज २०८० फागुन २५ गते १३:४६

काठमाडौं । दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा आक्रमण भएको छ ।

Advertisement
NiccNicc

बिहीबार राति करिब पौने २ बजे गाउँपालिकाको वडा नम्बर २ स्थित निवासमा प्रमुख प्रशासकीय अधिकृत सुतिरहेका कोठामा अज्ञात समूहले ढुंगा प्रहार गरी आगजनी गरेको हो।

आगजनी गरिएको भन्ने खबर पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। आगलागी केहीबेरमै नियन्त्रणमा आएको थियो।

घटनामा क्वार्टरमा भौतिक क्षति पुगे पनि मानवीय क्षति भएको छैन । प्रमुख प्रशासकीय अधिकृत अधिकारी झ्यालबाट हाम फालेर बाहिर निस्किन सफल भएका थिए ।

घटनामा संलग्नहरुको खोजी गर्न प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको जनाएको छ ।

प्रतिक्रिया