मार्माका प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा ढुंगामुढा र आगजनी
मेरोन्यूज
२०८० फागुन २५ गते १३:४६

काठमाडौं । दार्चुलाको मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतको सरकारी निवासमा आक्रमण भएको छ ।
बिहीबार राति करिब पौने २ बजे गाउँपालिकाको वडा नम्बर २ स्थित निवासमा प्रमुख प्रशासकीय अधिकृत सुतिरहेका कोठामा अज्ञात समूहले ढुंगा प्रहार गरी आगजनी गरेको हो।
आगजनी गरिएको भन्ने खबर पाएपछि प्रहरीको टोली घटनास्थलमा पुगेको थियो। आगलागी केहीबेरमै नियन्त्रणमा आएको थियो।
घटनामा क्वार्टरमा भौतिक क्षति पुगे पनि मानवीय क्षति भएको छैन । प्रमुख प्रशासकीय अधिकृत अधिकारी झ्यालबाट हाम फालेर बाहिर निस्किन सफल भएका थिए ।
घटनामा संलग्नहरुको खोजी गर्न प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको जनाएको छ ।
सम्बन्धित













Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
नगद तथा गरगहनासहित एक जना पक्राउ
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
प्रतिक्रिया