१२ वर्षीया छोरी बलात्कार आरोपमा बाबु पक्राउ
मेरोन्यूज
२०८० फागुन २७ गते २०:४०

अछाम । अछामको मंगलसेन नगरपालिका-१४ मा १२ वर्षीया छोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ।
शनिबार साँझ ४ बजेको समयमा मादक पदार्थ सेवन गरेर लठ्ठ भएका बाबुले छोरीलाई एक्लै भएको मौकामा बलात्कार गरेको जाहेरीमा उल्लेख रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी सन्तोष पाठकले बताए।
बालिकालाई लिएर आमाले प्रहरीमा जाहेरी दिएकी छन्। आरोपित बुवालाई शनिबार नै पक्राउ गरेर अनुसन्धान गरिरहेको डिएसपी पाठकले बताए।
बलात्कृत नाबालिकको शनिबार नै स्वास्थ्य परीक्षण भइसकेको छ। प्रारम्भिक अनुसन्धान अनुसार उनीमाथि बलात्कार भएको देखिएको छ।
सम्बन्धित
















खातामा प्यान र ईमेल ठेगाना अद्यावधिक गर्न एनआईसी बैंकको आग्रह
कमलादेवी पन्त कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत
इरान प्रस्तावमा अमेरिकाकाे आशंका, युद्ध अन्त्य अनिश्चित
काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया