भारतबाट अवैध रुपमा ल्याउँदै गरेको प्याज र युरिया मल बरामद
मेरोन्यूज
२०८० फागुन २८ गते १२:२२

कपिलवस्तु । चार वटा मोटरसाइकलमा राखी भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको ८० बोरा प्याज र १८ बोरा युरिया मल सशस्त्र प्रहरीले आइतबार कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका–६ बन्चौराबाट नियन्त्रणमा लिएको छ ।
युपी ४७ जे ८०४, युपी ५५ ई ०५२०, युपी ५५ डब्लु ७६८५ र युपी ४७ सी ३९३६ नम्बरको भारतीय मोटरसाईकलमा राखी ल्याउँदै गरेको सो प्याज तथा युरिया मल नं. २८ गण कपिलवस्तुले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको मोटरसाईकल तथा प्याज र मल आवश्यक कारवाहीको लागि सुठौली भन्सार कार्यालय कपिलवस्तुमा बुझाइएको छ ।
सम्बन्धित















वैदेशिक रोजगारी छाडेर गाउँमा बाख्रापालन
आज रास्वपाको सचिवालय बैठक बस्दै
भरुवा बन्दुकसहित वडा सदस्य पक्राउ
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सुनचाँदीको मूल्यमा केही गिरावट
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
प्रतिक्रिया