होटलमा अचेत अवस्थामा भेटिएकी युवतीको उपचार क्रममा मृत्यु, सँगै बसेका युवक फरार
मेरोन्यूज
२०८० फागुन २९ गते १३:२७

जनकपुरधाम । जनकपुरधामस्थित एक होटलमा बेहोस अवस्थामा भेटिएकी युवतीको मृत्यु भएको छ।
सिटी स्टार फेमली होटलमा बेहोस भेटिएकी पोखराको मियाँ टोल बस्ने २७ वर्षीया खुसबु सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
प्रहरीका अनुसार खुसबु मंगलबार बिहान होटलमा अचेत अवस्थामा भेटिएकी थिइन् । उनलाई तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल लगिएको थियाे ।
मृतक युवतीको शव पोस्टमर्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ।
प्रहरीका अनुसार ती युवतीसँगै एक जना युवक पनि होटलमा आएको थिए । घटनापछि युवक फरार भएका छन् । फरार युवकको खोजीसँगै घटना विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।
सम्बन्धित













एआईमा आधारित शिक्षण विधिको अभ्यास
सन् २०२५ मा १२८ पत्रकारको हत्या
‘हिट एण्ड रन’ नियन्त्रणमा सक्रिय बन्दै प्रहरी
धवलागिरी अस्पताल भवन निर्माणमा ढिलाइ, तीन पटक म्याद थप गर्दा पनि आधा काम
एमालेको आदिवासी जनजाति क्लस्टरतर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा बादल
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
रास्वपाको प्रि–इलेक्सन : कसले कति पाए मत ?
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया